१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रेबिज विरुद्धको भ्याक्सिन अभाव भएको छ। जिल्लास्थित मध्यविन्दु जिल्ला अस्पतालसहित भ्याक्सिन उपलब्ध हुने यहाँका सरकारी स्वास्थ्य संस्थामा उक्त भ्याक्सिनको अभाव भएको हो ।

Advertisement

जिल्ला अस्पतालमा भ्याक्सिन सकिएपछि अस्पतालले सार्वजनिक सूचना जारी गर्दै हाल उक्त रोगको उपचार गर्न नसक्ने जनाएको छ। अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार केन्द्रबाट भ्याक्सिन प्राप्त नभएकाले यहाँको सेवा राखिएको छ ।

अस्पतालमा मासिक करिब तीन सय डोज रेबिज विरुद्धको भ्याक्सिन खपत हुँदै आएकामा भ्याक्सिन अभाव भएसँगै सेवाग्राहीहरु मर्कामा परेका छन् ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भ्याक्सिन आउने र त्यहाँबाट आफूहरूले ल्याउने गरेको उनले बताए। हाल केन्द्रमै भ्याक्सिनको अभाव भएको भन्ने जानकारी आएकाले भ्याक्सिन अभावमा अस्पतालको सेवामा समेत असर परेको सूचना अधिकारी सुवेदीको भनाइ थियो ।

नवलपुरस्थित स्वास्थ्य कार्यालयको स्टोरमा समेत भ्याक्सिनको अभाव भएको छ। आवश्यक मात्रामा भ्याक्सिन नआउँदा अभाव हुन थालेको त्यहाँका स्रोत व्यक्ति डिल्लिराम तिवारीले बताए ।

“हामीकहाँ यस्तै ८र१० भायल होला, केन्द्रबाट भ्याक्सिन पर्याप्त नआउँदा अभाव भएको छ” उनले भने, “केही दिनभित्र भ्याक्सिनको व्यवस्थापन नभए भ्याक्सिन नभएको सूचना जारी गर्नुपर्ने अवस्था आउनेछ ।”

उक्त अस्पतालका साथै चोरमारा प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्र, गैँडाकोट नगर अस्पताल र डेढगाउँस्थित रकुवा प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर