१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

सिमकोट (हुम्ला) । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको एक मात्रै मानसरोवर बहुमुखी क्याम्पसमा विद्यार्थीलाई पढाउन शिक्षकले टर्च बाल्नुपर्ने बाध्यता छ ।

Advertisement

विद्युत जडान गरिए पनि बिहानको समयमा लोडसेडिङ हुने हुँदा कक्षामा पढाइ सञ्चालन गर्न मोबाइलको टर्च बाल्नुपर्ने अवस्था आइपरेको क्याम्पसका आंशिक प्राध्यापक शिवराज शर्माले बताए ।

हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङ गर्दा बिहानी कक्षामा पढाउन समस्या भएको उनको भनाइ छ । बिहान ६ बजेदेखि पठनपाठन गर्नुपर्ने र त्यसबेला अँध्यारै हुने भएकाले मोबाइलको टर्च बालेर पढाउनु परेको उनले बताए ।

“यो समस्या विशेष गरी अभ्यास गर्दा हुने गरेको छ,” प्राध्यापक शर्माले भने, “आफूले कालोपाटीमा लेख्दा मोबाइलको टर्च बाल्नुपर्ने र विद्यार्थीले पनि कापीमा टिप्दा टर्च बाल्नुपर्छ । क्याम्पसमा चारवटा कक्षा यसरी नै चल्दै आएका छन् ।”

सामुदायिक क्याम्पस भएकाले स्रोत नहुँदा विद्युतको विकल्प खोज्न नसकिएको क्याम्पस प्रमुख दीपक भण्डारीको भनाइ छ । वितरण केन्द्रलाई लोडसेडिङको समय तालिका हेरफेरका लागि अनुरोध गर्दा नसकिने जवाफ आएको उनले बताए । क्याम्पसमा हालै स्नातक तह पहिलो वर्षको पढाइ सुरु भएको छ ।

स्ववियुको निर्वाचनपछि क्याम्पसमा नियमित पठनपाठन भइरहे पनि अध्यारोका कारण निकै समस्या भएको विद्यार्थी अमर बोहराले गुनासो गरे । शिक्षकलाई पनि पढाउन समस्या र आफूहरुलाई पढ्न समस्या भएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने