ताजा अपडेट »

आईसीसी महिला टी–२० : कतारविरुद्ध नेपाल ९ विकेटले विजयी, एक खेल अगावै सेमिफाइनलमा

सोमबार, १८ भदौ २०८०, ०९ : ५२
22 Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो ।

नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पूरा गर्यो । नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् । इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् ।

यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन, बहराइनलाई १० विकेट र भुटानलाई ३ विकेटले हराएको थियो । नेपालले अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।