Nov 28, 2023
ललितपुर । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(२ बस्ने ३६ वर्षीय सुजन नगरकोटीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
नगरकोटीले ती किशोरीलाई बिहीबार दिउँसो सोही नगरपालिका(२ त्रिवेणीस्थित जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग लाकुरी भञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्