१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023


बुटवल । बुटवल जेसीजले स्वर्ण जयन्तीको अवसरमा सप्ताव्यापी कार्यक्रम गर्ने भएको छ । स्थापना भएको ५० वर्ष पुगेको अवसरमा भदौ १५ देखी २१ गते सम्म बुटवलमा विभिन्न कार्यक्रम गर्न लागेको हो ।

Advertisement

आज बुटवलमा पत्रकार सम्मेलन गरी भदौ १५ गते प्रभात फेरी १६ गते चित्रकलाको बुटवलको पर्यटन प्रर्बद्धन विषयक कार्यशाला अभिमुखीकरण गर्ने , १७ गते प्रकरण र जेसिस अभियान विषय विषय प्लानल डिसकस कार्यक्रम गर्ने भएको छ । यस्तै १८ गते मानवतको सेवाको लागि रक्तदान कार्यक्रम र पर्यटन प्रवद्धनमा आधारीत वृहत खुल्ला चित्रकला प्रतियोगिता गर्ने स्र्वण जयन्ती समारोह मुल संयोजक मनोज भट्टराईले बताए ।

साथै १९ गते समुदायक जेसिजका लागि धारा हस्तान्तरण कार्यक्रम , प्रकरण विषय अन्तर उच्च मावि स्तर वक्तृत्वकला प्रतियोगिता भदौ २१ गते बृक्षा रोपण, जेसिस पथ नामाकंन गर्ने कार्यक्रम तय भएको जेसिज बुटवलका अध्यक्ष हिर विक्रम कुवंरले बताए । सप्ताहव्यापी कार्यक्रम सम्पन्न गर्नको लागि कार्यक्रम संयोजक तोकि सकिएको र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगिसकेको जेसिजका कार्यकारिणी उपाध्यक्ष एवं साप्ताहिक कार्यक्रमका मुल संयोजक अर्जुन ज्ञवालीले जानकारी दिए ।

यस्तै जेसिजले नेपालका युवाहरुको नेतृत्व, व्यक्तित्व र उद्यमशिलता सिप विकासका काम गरिरहेको र यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउनु पर्ने पूर्वअध्यक्ष दिनेश श्रेष्ठले बताए । साथै उनले मंसिरमा बुटवल जेसिजले राष्ट्रिय महाधिवेशको कार्यक्रम पनि गर्न लागेको जानकारी दिए ।

बुटवल जेसिज नामक अभियान आधिकारीक रुपमा सन् १९७४ मा नेपाल जेसिज र जनियर चेम्बर इन्टरनेशनलको आवद्धतामा दर्ता भएको थियो । जेसिजका १२४ राष्ट्रिय संगठन, ५ हजार स्थानिय संगठन र २ लाख वढी सक्रिय सदस्यहरु छन् । नेपाल जेसीजको १७८ स्थानिय शाखा १५, हजार बढी सदस्यहरु रहेका छन ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने