ताजा अपडेट »

बुटवलतर्फ आउँदै गरेको बस बर्दघाटमा पल्टियो, ७ जना घाइते

बुधबार, १३ भदौ २०८०, ०८ : ३९
44 Shares
बुधबार, १३ भदौ २०८०
44 Shares

बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको बर्दघाटमा बस पल्टीँदा ७ जना घाइते भएका छन् । आज विहान अन्दाजी ५ बजेको समयमा बुटवल तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको हो ।

काठमाण्डौबाट नेपालगंज नेपालगञ्जका लागि छुटेको भे १ ख ९०११ नम्बरको रात्रीबस बर्दघाट नगरपालिका–४ को मुख्य बजार क्षेत्रमा एक्कासी पल्टीएको हो । स्तरोन्नतीको क्रममा रहेको सडकमा अत्याधिक खाल्डाखुल्टीका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । बसमा सवार ४० जना यात्रुमध्ये ७ जना घाइतेहरुको स्थानीय चिसापानी अस्पतालमा उपचार गराईएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

बसका चालक भने बस पल्टे लगत्तै फरार भएका छन् । पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा रहेको र सडकमा खाल्टाखुल्टी बढी भएकाले यो क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।