ताजा अपडेट »

बुटवलका औषधी व्यवसायी गंगा ढकाल नभेटिएपछि कुशको शव बनाएर अन्तिम दाहसंस्कार

शनिबार, ०९ भदौ २०८०, १० : ११
102 Shares
शनिबार, ०९ भदौ २०८०
102 Shares

बुटवल । बुटवलको मैत्रीपथमा ओखती घर सञ्चालन गरेका औषधी व्यवसायी गंगा ढकालको शव फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गर्ने भएका छन् । ‘अब मलाई नखोज्नु’ भनी सन्देश पठाएर सम्पर्क विहिन भएका ढकालले चितवनको नारायणी नदिबाट हाम फालीबेपत्ता भएका थिए ।

गत शनिबार घरबाट हिँडेपछि सम्पर्क विहिन भएका ५३ वर्षीय गंगा ढकालले २०६३ सालदेखि बुटवलमा ड्रगइन्टरनेसनल फर्म स्थापना गरी औषधि बिक्री गर्दै आएका थिए । गत शनिबार चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसी हाफ पाईन्ट सहितका कपडा घर पठाएका ढकालले पुलबाट हाम फालेको प्रत्यक्षदर्शीले देखेकाले कुशको शब बनाएर दाहसंस्कार गर्न लागिएको औषधी व्यवसायी बाबुराम भट्टराईले बताए ।

ढकाल आईतबार साँझ सवा ७ बजे सवैभन्दा पछिल्लो पटक नारायणी नदिमा देखिएको आधारमा चितवन प्रहरीलेउनको खोजी गरिरहेको थियो । तर पनि भेट्टाउन भने सकेन । २ जना युवतीले एक जना पुरुष पुलबाट हाम फालेको भनी गैडाकोट प्रहरीमा सूचना दिएको र त्यहि आधारमा हामफाल्ने व्यक्तिको पहिचान गर्दा ढकाल नै रहेको पुष्टि भएको बताईएको छ ।

ब्यवसायी भट्टराईले देबघाटमा उनको हिन्दु परम्परा अनुसार दाहसंस्कार गर्न लागिएको बताए ।
आर्थिक रुपमा समेत अव्वल ढकाल किन यसरी मृत्युको बाटो रोजे भन्नेमा उनी निकटका औषधी व्यवसायी समेतआश्यर्चमा परेका छन् ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका ढकाल स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ बाट परिवार बसाइँसराइँ गरी विक्रम संवत २०४४ सालमा नवलपरासीको विनयत्रिवेणीमा झरेको थियो । मध्यम वर्गीय परिवारका ढकालले दीपेन्द्र माविबाट २०४७ सालमा तत्कालीन एसएलसी उत्तीर्ण गरेका थिए । ०५१ सालबाट जागिरे जीवन सुरु गरेका ढकालले लामो समय विभिन्न कम्पनीका काम गरेका थिए ।

१२ वर्षसम्म औषधिमै काम गरेको अनुभवपछि ढकालले २०६३ सालदेखि बुटवलमा ड्रग इन्टरनेसनल फर्म स्थापना गरी बुटवलमा औषधि बिक्री थालेका थिए । पछि २०७२ सालमा फर्मको नाम परिवर्तन गरी औखती घर बनाएका थिए । ७० जिल्लामा औषधि पठाएउने ढकालको ओखती घर केएलएम ल्याबटोरिकको नेपालका लागि आधिकारिक बिक्रेता हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।