१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौँ । नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले प्रतिनिधि सभाको बैठकमा सरकारका प्रधानमन्त्री, मन्त्री सहभागी नभएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

Advertisement

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा सभामुखको ध्यानाकर्षण गराउँदै थापाले संसदमा मन्त्रीको उपस्थिति नहुनु घनघोर अपमान भएको टिप्पणी गरेका छन् । 

प्रतिनिधि सभाको शुन्य समय चलिरहेको थियो। शुन्य समयमा नेकपा (एमाले) बाट निर्वाचित सांसद् सूर्य थापाले बीचैमा उठेर विरोध गरे ।

सभामुख देवराज घिमिरेले किन उठ्नु भएको ? भनेर प्रश्न गरेपछि उनले सरकार हराएको भन्दै खोजी गरिपाउ भनि आग्रह गरे। त्यत्तिबेलासम्म सदनमा प्रधानमन्त्रीसहित २५ जनाको मन्त्रिपरिषद् रहेकोमा कोही पनि सहभागी थिएनन्। सरकारका कुनै पनि मन्त्री उपस्थित नरहेको सदन चल्न नसक्ने थापाले बताए। उनले सरकारले सदनको घोर अपमान गरेको आरोप लगाए ।

उनले भने, ‘सरकार हरायो सभामुख महोदय, सरकार खोजीपाँउ । मन्त्रीहरू बेगर यो सदनको कारबाही अगाडि बढ्न सक्दैन। प्रतिनिधि सभा नियमावली अन्तर्गत म सभामुख महोदयको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु, प्रधानमन्त्री र २५ जना मन्त्रीहरू मध्ये १ जना पनि यो सदनमा नदेखिनु यो घनघोर अन्याय हो, अपमान हो यो सदनको म गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद थापाले ध्यानाकर्षण गराउँदा गराउँदै राज्यमन्त्री नन्दा चपाई सभाहलमा प्रवेश गरेकी थिइन। सभामुख घिमिरेले मन्त्री बैठकमा आइसकेकोले अब बैठक नियमित अगाडि बढ्ने जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध