१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

काठमाडौ । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।

Advertisement

 
बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरु थिए । गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो । धितोपत्र बोर्डका प्रवक्त मुक्ति नाथ श्रेष्ठले हाइड्रोपावर कम्पनीहरुले चाहिने कागजपत्र समयमा बुझाएकाले यिनीहरुको छिटो काम हुने गरेको बताउँछन् । 

उनले अरु कम्पनीहरुले आवश्यक कागज पत्र बुझाउन समय लगाउने गरेको बताए । त्यसैले यिनीहरुको प्रक्रिया ढिलो हुने गरेको उनको भनाई छ । त्यसो त, यो चालु आर्थिक वर्षको पहिलो महिना हो । अरुले पनि विस्तारै अनुमति पाउने छन् । यस अवधिसम्म सोनापुरले मात्र आइपीओ निष्कासनको अनुमति पाएको छ ।

स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जस अन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर