१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

गुल्मी । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका प्रमुख सचेतक जोखबहादुर महराले देशमा सुशासन नहुँदा ठूला पूँजी र लगानी समेत असुरक्षित भएको बताएका छन् । अहिलेको सरकार सुशासन कायम गर्न दत्तचित्त रहेको बताउँदै उनले निम्न वर्ग मात्र नभई पूँजीपतिहरु पनि समस्यामा रहेको उल्लेख गरे ।

मंगलबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित नेकपा माओवादी केन्द्र गुल्मी जिल्ला समन्वय समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने ‘देशमा सुशासन नहुँदा निम्न वर्ग मात्र हरेक समस्याको चपेटामा परेका छैनन्, ठूला पूँजीपतिहरुको लगानी असुरक्षित भए ।’ पार्टी अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासन कायम गर्न आम जनताको साथ लिने गरी तीन महिने अभियान छेडेको बताए । अहिलेसम्मा रहेको सरकारी सिस्टमलाई बदल्नु पर्नेमा जोड दिए ।

उनले पार्टिको तीन महिने अभियानमा आफूले जितेका पालिकामा मात्रै नभई अन्य पालिका र घरमा पुगेर जनताको समस्या बुझेर समाधान गर्ने बताए । यहि भदौ १६ गते देखि ‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने मूल नाराका साथ माओवादी केन्द्रले देशैभरि एकैपटक ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ सुरु गर्दैछ । सोही अभियानको पूर्व सन्ध्यामा सो पार्टीको जिल्ला समन्वय समितिको बैठक आयोजना गरिएको र नेता महरा सहित केन्द्रीय सदस्यहरु कमल चुँदाली, भविश्वर तिवारी, गुल्मी जिल्लाका पूर्व इन्चार्ज जीतजंग उपनामले परिचित निमाकान्त डाँगी, र प्रदेश कमिटि सहसचिव पार्वती विक तीन महिने अभियानका लागि गुल्मी जिल्लामा खटिएका छन ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध रास्वपाका सबै सांसद केन्द्रीय सदस्य एनसेलबाट बाहिरिने आजियाटा ग्रुपको घोषणा नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा पाल्पाका २२ वर्षीय सन्तोष सम्पर्कविहीन, खोजि गरिदिन परिवारको आग्रह आम्दा अस्पतालमा सुत्केरी मृत्यु : ‘अस्पतालले हतारमा शव जिम्मा लगाएर उम्किन खोज्नुको कारण के थियो ?’ प्रेमिकाको बिहेमा नाच्ने अवसर! टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन निर्देशन भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन सुरक्षाकर्मी खटाइने राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने सरकारको निर्णय सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ? म्याद गुज्रेको खाद्य सामग्री बिक्री त्रिविको इञ्जिनियरिङमा आवेदन दिने बढे, प्रवेश परीक्षा दिने घटे बुटवलको आम्दा अस्पतालमा सुरक्षा व्यवस्था कडा, सर्वसाधारणलाई प्रवेश निषेध सुत्केरीको मृत्यु भएपछि आम्दा अस्पतालका मेसु बस्यालमाथि कुटपिट केपी ओली कप क्रिकेट : सेमिफाइनल समीकरण पूरा, विहिबार फाइनल प्रवेशका लागि प्रतिस्पर्धा प्रधानमन्त्री प्रचण्ड आज यूएई जाने अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ