ताजा अपडेट »

सूचना टाँसेर संसद बैठक स्थगित

मंगलबार, ०५ भदौ २०८०, १५ : २२
2 Shares

काठमाडौं । मंगलबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको छ ।

मंगलबार अपरान्ह ३ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर बुधबार अपरान्ह ३ बजे बस्नेगरी स्थगित गरिएको हो ।सुन तस्करी प्रकरणको छानविन गर्न उच्चस्तरीय समिति गठन दलहरू सहमत भएसँगै संसद बैठक बस्ने अनुमान गरिएको थियो ।

गत १० साउनदेखि एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठनको माग गरेर सदन अवरुद्ध गर्दै आएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।