१५ मंसिर २०८०, शुक्रबार

Dec 1, 2023

काठमाडौ । खराब कर्जा चुलिएर इम्पेयरमेन्ट चार्ज बढ्दा एनएमबि लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमाससम्म घाटा व्यहोर्नुपरेको छ। शुक्रबार सार्वजनिक चौथो त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात ९एनपीएल० बढेर ९.५४ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ३.१८ प्रतिशत थियो। 

Advertisement

एनपीएल बढ्दा संस्थाको इम्पेयरमेन्ट चार्ज पनि बढेर ६ करोड ३८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज १ करोड १२ लाख रुपैयाँमा सीमित थियो। खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा समीक्षा अवधिसम्म संस्थाले २ करोड २४ लाख रुपैयाँ खुद घाटा व्यहोरेको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ११ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

समीक्षा अवधिसम्म संस्थाले २ करोड २६ लाख रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष संस्थाले १८ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो। चौथो त्रैमासम्म संस्थाको खुद ब्याज आम्दानी पनि २३.०६ प्रतिशतले घटेर ३४ करोड ७४ लाख रुपैयाँमा सीमित बनेको छ। अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४५ करोड १५ लाख रुपैयाँ भएको थियो।

चुक्तापुँजी ७२ करोड १४ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार भने १३.०३ प्रतिशतले बढेर २२ करोड ४५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १९ करोड ८७ लाख रुपैयाँ थियो। 

चौथो त्रैमाससम्म संस्थाले २ अर्ब ६८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब ८८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३.११ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस १७.१२ रुपैयाँ थियो। संस्थाको प्रतिसेयर नेटवर्थ १४२.१८ रुपैयाँ रहेको छ।

प्रतिकृया दिनुहोस्

Flash News

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई रिहा गर्न आदेश नक्कली भुटानी प्रकरणः टोपबहादुर रायमाझी थुनामा नै रहने विश्वकप लिग-२ : नेपालले नेदरल्याण्ड्स र नामिबियासँग खेल्ने राष्ट्रियसभा निर्वाचनको कार्यतालिका सार्वजनिक युद्दबिराम लगत्तै गाजामा इजरायली हमला, अहिलेसम्म २१ काे मृत्यु जनमत पार्टीको वडा अधिवेशन आजबाट सुरू, प्रदेश अधिवेसन बैशाखमा शिवम् होल्डिङ्सले आईपिओ निष्कासन गर्ने जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण प्रारम्भ हमास र इजरायलबीच युद्ध सुरु, युद्धविराम सम्झौता समाप्त जनप्रतिनिधिहरुको विवादका कारण गाउँसभा भएन मङ्सिरमा बिहेका ६ वटा लगन बाँकी आयल निगममा ३१ पदका लागि नयाँ कर्मचारीको माग सेलरोटी पकाउँदा इराकमा सांसदका आफन्त सवार गाडीमा बम आक्रमण, १० को मृत्यु पूर्व गृहमन्त्री खाँण थुनामुक्त हुने नहुने बारे आज फैसला हुँदै केपी ओली टी-२० को फाइनल आज मधेस प्रदेश र आर्मी भिड्दै नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह आज ३६औँ विश्व एड्स दिवस युवाहरु मिलेर बुटवलमा खोले ३ करोड लगानीमा ग्याष्ट्रो सेन्टर आजबाट बागमती प्रदेश महिला क्रिकेटको तयारी सुरू