१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । अदातलले न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा विक्री वितरण गरेको भन्दै पैँचो पसल प्रा.लि.लाई जरिवाना गर्ने फैसला गरेको छ। गुल्मी जिल्ला अदालतले टमाटरको ससमा कम गुणस्तरको पदार्थ प्रयोग गरी निर्माण गरेको भन्दै गुल्मी जिल्ला अदालतले पैचो पसलका अध्यक्ष ध्रुव न्यौपानेलाई ५० हजार रुपैँया जरिवाना तोकेको हो ।

पैंचो पसलको नामबाट अधिकांश कृषिजन्य वस्तु उत्पादन हुन्छ। पैंचो पसलले गुल्मीमा उत्पादन गरी त्यहाँ र बुटवलमा बिक्री गर्दै आएको छ। खाद्य पदार्थ तथा गुण नियन्त्रण विभागले २०७८ सालमा गरेको अनुगमनका क्रममा पैँचो पसले उत्पादन गरेको उक्त ससमा अखाद्य बस्तु भेटिएपछि बिभागको तर्फबाट कर्मचारी प्रमिला राईले ०७९ चैत १४ मा पैचो पसल प्रा.लि. बिरुद्ध जिल्ला अदालतमा जाहेरी दिएकी थिईन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पैचो पसलले खाद्य सम्वन्धी ऐन २०२३ बमोजिम तोकिएको मापदण्ड भन्दा कम गुणस्तरको टमाटरको सस उत्पादन गरेको प्रतिवेदन पेश गरेपछि सोही प्रतिवेदनलाई आधार बनाएर कारवाही स्वरुप जरिवाना तोकिएको गुल्मी जिल्ला अदालतले जनाएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने