११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

वासिंगटन डिसी । अमेरिकामा कोरोना (कोभिड–१९) ले फेरि एकपटक चिन्ता बढाएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले चेतावनी दिएको छ कि अमेरिकामा कोविड १९का बिमारी अस्पताल भर्ना हुनेको संख्या बढिरहेको छ। तथ्यांक अनुसार अस्पताल भर्ना हुनेको संख्या १० प्रतिशतले बढेको छ । जुन सन् २०२२ को डिसेम्बर यताकै तीव्र वृद्धि हो । 

Advertisement

जुलाईको दोस्रो हप्तामा ७ हजार १ सयभन्दा बढी कोभिड बिरामी अस्पतालमा भर्ना भएको तथ्यांकले देखाएको छ । गत हप्ता यो संख्या ६ हजार ४४४ थियो। जबकि कोभिड सम्बन्धी आकस्मिक कक्षमा बिरामीको संख्या पनि बढिरहेको छ ।

जुलाई २१ सम्म करिब ०.७३ प्रतिशत कोरोनाका कारण अस्पताल आएका थिए जबकि एक महिना अघि यो संख्या ०.४९ प्रतिशत थियो। एटलान्टामा सीडीसीका कोविड घटना प्रबन्धक डा. ब्रेन्डन ज्याक्सनले एनपीआरलाई भने, ‘लगभग छ सात महिनाको निरन्तर गिरावट पछि हामी फेरि वृद्धि देखिरहेका छौं।’

उनले भने, ‘हामीले पछिल्ला केही सातादेखि तथ्यांक बढिरहेको देखेका छौं। र यो हप्ता, लामो समयमा पहिलो पटक हामीले अस्पताल भर्तीको संख्यामा वृद्धि पनि देख्यौं। यसको कारण गर्मीको अन्त्यतिरको लहरको सुरुवात हुन सक्छ।’ उनले दक्षिण पश्चिममा केसहरूको वृद्धि उल्लेखनीय रहेको बताए।

अझ ठूलो चिन्ताको विषयका बारे उनले भने, ‘एसियामा उत्परिवर्ती सबभेरियन्टहरू देखा पर्दैछन्। तर अमेरिकाका अधिकांश मानिसहरूको लागि यी प्रारम्भिक संकेतहरूले धेरै अर्थ राख्दैनन्। 

तर अमेरिकामा कोविड दरहरू अझै पनि ‘ऐतिहासिक कमको नजिक’ छन् ।  उनले भने, देशमा समग्र संक्रमण सम्बन्धी मृत्यु घट्दै गएको छ र सिडिसीले ट्र्याक राख्न थाले देखि सबै भन्दा कम दरमा छ।
 

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा