७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

इस्लामाबाद । पाकिस्तानी प्रहरीले ठूलो सफलता हात पारेको छ । 

Advertisement

पाकिस्तानले १० आतङ्ककारी पक्राउ गरेर ठुला सफलता हासिल गरेको हो ।

मिडिया रिपोर्टका अनुसार यी आतंककारीहरूले चिनियाँ नागरिकसहित विदेशीहरूमाथि ठूलो आतंककारी हमला गर्ने योजना बनाएका थिए। यससँगै यी आतंककारीहरूले पञ्जाब प्रान्तमा मुहर्रम समारोहलाई पनि निशाना बनाउने प्रयास गरिरहेका थिए।

पञ्जाब प्रहरीको काउन्टर टेररिज्म डिपार्टमेन्ट (सीटीडी) ले पञ्जाबको लाहोर, अट्टक, सरगोधा, गुजरनवाला, मुल्तान र डीजी खान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनका क्रममा यी पक्राउ गरेको हो। सीटीडीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ कि पञ्जाब पुलिसले प्रतिबन्धित संगठनहरूसँग सम्बन्धित १० संदिग्ध आतंककारीहरूलाई पक्राउ गरेर चिनियाँ लगायत विदेशी नागरिकहरूमा ठूलो आतंककारी हमलालाई असफल बनाएको छ।

बिज्ञप्ति अनुसार  संदिग्ध आतंककारीहरू प्रतिबन्धित संगठन तहरीक तालिबान पाकिस्तान (टीटीपी), दाएश (आईएसआईएस), सिपाह ए सहाबा पाकिस्तान र श्कर झांगवी (एलईजे) सँग सम्बन्धित छन्। आतङ्ककारीको साथबाट प्रतिबन्धित सङ्गठनका सामग्रीसहित ६ वटा हातगोला, एक थान आइइडी, ८९३ ग्राम विस्फोटक पदार्थ, सातवटा डेटोनेटर आदि बरामद भएको छ ।

विज्ञप्तिमा भनिएको छ कि आतंककारीहरूले मोहर्रम जुलुसलाई बाधा पुर्‍याउनका साथै प्रान्तका महत्त्वपूर्ण प्रतिष्ठानहरू, धार्मिक स्थलहरू र विदेशी नागरिकहरूलाई निशाना बनाउन खोजेका थिए। 
शंकास्पद व्यक्तिहरुलाई सोधपुछका लागि अज्ञात स्थानमा लगिएको छ । 

यसैबीच, पञ्जाब प्रहरीले सामाजिक सञ्जालमा घृणित सामग्री साझा गरेको आरोपमा सात जनालाई पक्राउ गरेको छ। उनीहरुले सामाजिक सञ्जालमा घृणित सामग्री शेयर गरेर साम्प्रदायिक अराजकता फैलाउन चाहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल