ताजा अपडेट »

आदिवासीको सुनको सिक्का लुटने पाँच प्रहरी निलम्बनमा

आइतबार, १४ साउन २०८०, १० : ५४
12 Shares
आइतबार, १४ साउन २०८०
12 Shares

मुम्बई। मध्यप्रदेशको अलिराजपुर जिल्लामा एक आदिवासी परिवारबाट प्रहरीले २४० सुनको सिक्का लुटेको छ । 

यी सिक्काको मूल्य डेढ करोडभन्दा बढी रहेको अनुमान गरिएको छ । 

सो लुटपाटपछि उनीहरु प्रहरी चौकी फर्केर अवैध रूपमा मदिरा बिक्री गर्नेलाई पक्रन गएको तर कोही पनि नभेटिएको प्रतिबेदन बनाएका थिए । यस घटनाको खुलासा भए पछि हाल फरार रहेका ५ प्रहरीलाई निलम्बन गरिएको छ ।

समाचार अनुसार उत्खननका क्रममा आदिवासीहरूले सुनका सिक्का फेला पारेका थिए। जसलाई पछि आफनो घरको जमिनमा लुकाएर राखेका थिए । प्रहरीले यसबारेमा आफनो गुप्तचारवाट जानकारी लिएको थियो । 

गुप्तचरवाट जानकारी प्राप्त भए लगत्तै प्रहरी गत जुलाई १९ गते त्यहाँ पुगेर आदिबासीको घरवाट सबै सिक्का लिएर फरार भएका थिए जबकि नियमअनुसार ती सिक्का सरकारी कोषमा जम्मा गर्नुपर्ने थियो । तर, प्रहरीले सरकारी कोषमा जम्मा गरेनन् ।

सरकारी कोषमा जम्मा नगरेको तथा आदिबासी समुहलाई क्षतिपुर्तिसमेत नदिएको समाचार बाहिरिए पछि ती ५ अभियुक्तलाई निलम्बन गरी अनुसन्धान सुरु गरिएको भारतीय मिडियाले जनाएका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।