ताजा अपडेट »

आज पनि कांग्रेस जिल्ला सभापतिहरुको बैठक

शुक्रबार, २२ असार २०८०, ०८ : ०५
4 Shares

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठकले आज पनि बस्दैछ । हिजो देखी सुरु भएको जिल्ला सभापतिहरुको बैठक आज पनि पार्टी केन्द्रिय कार्यालय सानेपामा बस्नेछ । बैठक बिहान ११ बजे देखी सुरु हुनेछ । सो बैठकमा ४२ जिल्लाका जिल्ला सभापतिहरुसहित अन्य केन्द्रिय र प्रदेशका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

गत बिहीबारको बैठकमा २६ जना जिल्ला सभापतिहरूले आफनो धारणा राखेका थिए भने बाँकीले आज आफनो धारणा राख्ने बुझिएको छ। जिल्ला सभापतिहरूले धारणा सुने पछि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले त्यसको जवाफ दिने तथा पार्टीको निर्देशन दिने कार्यक्रम रहेको छ ।

पार्टीको पछिल्लो १४ औं महाधिवेशन पछि पहिलो पटक कांग्रेसले जिल्ला सभापतिहरूसँग बैठक आयोजना गरेको हो । बैठकमा पार्टी सदस्यता, जिल्ला समितिमा देखिएका बिबाद र समस्यालगायत केन्द्रिय समितिलाई सुझाव माग गरिएको छ ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।