ताजा अपडेट »

चितवनको अलपत्र रङ्गशालालाई संघ सरकारको १ लाख, प्रदेशको ५ करोड

शुक्रबार, ०१ असार २०८०, १८ : ०५
12 Shares
शुक्रबार, ०१ असार २०८०
12 Shares

बुटवल । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको क्रिकेट रंगशाला आर्थिक अभावका कारण २ वर्षदेखि अलपत्र परेको छ । सोही रङ्गशाला निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ को बजेटबाट बागमती प्रदेश सरकारले ५ करोड रकम बिनियोजन गरेको छ । चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले शुक्रबार बजेट प्रस्तुत गर्दै सो बारे जानकारी गराए ।

उनका अनुसार आवश्यक खेलकुद प्रतियोगिता संचालन र खेलाडीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ । सरकारले रंगशाला निर्माणको क्रममा लागेको ऋण चुक्ता गरेर आफ्नो स्वामित्वमा लिने निर्णय गरेको थियो । यस रंगशालाका लागि केही दिन पहिले संघीय सरकारले भने मात्रै एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।