५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरेको छ ।गाउँपालिकाको कृषि शाखाले जैविक विविधता सरंक्षण कार्यक्रमअन्तर्गत रैथाने खाद्यन्नमा आधारित दिवा खाजा कार्यक्रम सञ्चालन गरेको हो । 

Advertisement

चालु आर्थिक वर्ष ०७९/०८० को सर्सत कार्यक्रम अन्र्तगत जेठ १ गतेबाट पालिकाभित्रका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरुमा दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको कृषि अधिकृत रुकमिनी खत्रीले वताए । उनका अनुसार उक्त कार्यक्रम असार महिनाभर सञ्चालन हुनेछ । 

कार्यक्रम अन्र्तगत शाखाले नौवटा विद्यालयका कक्षा ७, ८, ९ र १० का करिव ८ सय ९८ जना विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।  स्थानीय किसानले स्थानीय स्तरमै उत्पादन गरेको कृषि उपज  तथा रैथान बालीहरु कोदो, फापर, भट्मास, लोकल बोडी, मकै लगायतबाट बनेका परिकार नै दिवा खाजाको रुपमा प्रयोगमा ल्याइएको छ ।  

रैथाने बालीको प्रवर्द्धन, बालबालिकाको खाद्य, पोषण र सुरक्षामा सहयोग पुग्ने उदेश्यले जैविक विविधता संरक्षण कार्यक्रम अन्र्तगत विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको  हो । कुल १५ लाख बजेटको उक्त कार्यक्रममा दिवा खाजाका लागि मात्र ४ लाख ४ हजार १ सय बजेट रहेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ