ताजा अपडेट »

पाकिस्तानको खैबर र पञ्जाब प्रान्तमा भीषण वर्षा, २८ जनाको मृत्यु, १४० घाइते

आइतबार, २८ जेठ २०८०, ०९ : १७
6 Shares
आइतबार, २८ जेठ २०८०
6 Shares

लाहौंर । पाकिस्तानमा परेको भिषण बर्षाको चपेटामा परेर २८ जनाको मृत्यु भएको छ। शनिबार राती परेको भारी बर्षाका कारण खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तमा २८ जनाको मृत्यु भएको छ भने १४० भन्दा बढी घाइते भएका छन् । 

वर्षाका कारण धेरै घर भत्किएका छन्, रुखहरु ढलेका छन् र बिजुलीका पोलहरु ढलेका छन् । प्रधानमन्त्री शहबाज सरिफले मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धार कार्यलाई तीव्रता दिन अधिकारीहरूलाई निर्देशन दिएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार भारी वर्षा र असिनापानीका कारण खैबर पख्तुनख्वाका बन्नु, लक्की मारवत, डेरा इस्माइल खान र कारक जिल्लामा २५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पञ्जाबको खुसाब जिल्लाको एउटा गाउँमा घरको पर्खाल भत्किँदा तीन बालिकाको मृत्यु भएको छ । राहत अधिकारी खतेर अहमदले घाइतेहरुलाई तत्काल राहत उपलब्ध गराइएको बताए ।

गत वर्ष पनि पाकिस्तानमा मनसुनी वर्षापछि आएको बाढीले ठूलो क्षति पु¥याएको थियो र १७ सयभन्दा बढीको ज्यान गएको थियो भने तीन करोडभन्दा बढी मानिस प्रभावित भएका थिए । लाखौं मानिसहरु विस्थापित पनि हुनु परेको थियाे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।