६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । बुटवलको ढवाहामा दोस्रो पीस पार्क, सांस्कृतिक तथा व्यापारीक महोत्सव सुरु भएको छ । सतगढी युवा क्लबको आयोजना विहीवारदेखि बुटवल उपमहानगरपालिका–१२ ढवाहा स्थित फुटबल ग्राउण्ड, मेनरोडमा सुरु भएको हो। मेला असार १० गतेसम्म संचालन हुने छ ।

Advertisement

मेलाको बुटवल उपमहानगरपालिका-१२ का वडाध्यक्ष डिल्लीप्रसाद उपाध्यक्ष शर्मा नगरले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । कार्यक्रममा बोल्दै वडाध्यक्ष उपाध्यक्षले अहिले आर्थिक क्रियाकलाप केही सुस्ताएको अवस्थामा यसप्रकारका मेला महोत्सवले आर्थिक गतिविधिलाई चलायमान गराउनका लागि सहयोग पुग्ने बताए ।

कुनै नाफा कमाउने सोचले भन्दा पनि पीस पार्क क्षेत्रको प्रचार–प्रसार गर्दै संस्कृति संरक्षणको लागि मेला आयोजना गरिएको वाली मल्टि एग्रो जोन प्रा।लि।का प्रबन्धक गिरी श्रीसले बताए । मेलाबाट भएको आम्दानीबाट वृद्धाआश्रम तथा अनाथ आश्रममा सहयोग गरिने र आम्दानीको ५ प्रतिशत बुटवल उपमहानगरपालिकालाई दिइने सतगढी क्लबका अध्यक्ष दिपक पुनले बताए । मेलाको प्रवेश शुल्क १०० रुपियाँ रहेको छ ।

साथै बृद्ध बृद्धा र अपाङ्गलाई टिकटमा शतप्रतिशत छुट र विद्यार्थीहरुका लागि पनि छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ । मेलामा ८१ स्टल रहने रहेका छन् भने ३० हजार भन्दा बढी दर्शकले अवलोकन गर्नुका साथै ५० देखि ६० लाख बराबरको आर्थिक कारोबार हुने आयोजकको दाबी रहेको छ । मेलामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने रहने छ ।

मेलाको व्यवस्थापन वाली मल्टि एग्रो जोन प्रा.लि. गरेको छ भने संरक्षकमा बुटवल उपमहानगरपालिका र सह–आयोजकमा बुटवल उपमहानगरपालिका वडा नं. १२ रहेको छ । गत वर्षको रमाइलो पीस पार्क मेलामा २७ हजार दर्शकले अवलोकन गरेका थिए भने ५० लाख बढीको आर्थिक कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता