६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत शुक्रबार व्यवस्थापन समिति तथा अभिभावक संघका पदाधिकारीहरुलागि क्षमता विकास अभिवृद्धि कार्यक्रम आयोजना गरिएको छ । पालिका अन्तरगत रहेका विद्यालयहरुको व्यवस्थापन समितिका अध्यक्ष तथा अभिभावक संघका पदाधिकारीहरुलाई शैक्षिक सुधार बारे अभिमुखिकरण गरिएको थियो ।

Advertisement

सो कार्यक्रममा बोल्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले शैक्षिक सुधारमा थप जिम्मेवार भएर लाग्न आग्रह गरे । शिक्षक, अभिभावक र विद्यार्थी तीन पक्षले नै शैक्षिक सुधारमा जोड दिनु पर्ने बताउँदै उनले त्योभन्दा बढी व्यवस्थापनको क्षेत्रमा गम्भिर बन्नु पर्ने उल्लेख गरे । यसैगरी समय समयमा सहजिकरण र खबरदारीका लागि अभिभावक संघले जिम्मेवारी निभाउन उनले आग्रह गरे । गाउँपालिका उपाध्यक्ष लाबहादुर थापाले तिनाउलाई शैक्षिक उचाईमा पुर्याउन सबै एक भएर लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा तिनाउका शिक्षा समिति सदस्य राजेश श्रेष्ठ, दल बहादुर गुरुङ, शिक्षा शाखा प्रमुख लक्ष्मी कुँवर र कृष्ण ज्ञवालीले सहजिकरण गरेका थिए ।

यसैबीच तिनाउमा शैक्षिक सुधारलाई थप प्रभावकारी बनाउन विद्यालय व्यवस्थापन समिति महासंघको गठन गरिएको छ । तिनाउ–३ झुम्सामा अवस्थित तिलोत्तमा माविका अध्यक्ष टंकनाथ बस्यालको संयोजकत्वमा थानी डाँडा माविका अध्यक्ष शेरबहादुर थापा सहसंयोजक, युवा वर्ष माविका रोमबहादुर लम्तरी सचिव रहनेगरी महासंघ गठन गरिएको हो । यसैगरी सदस्यहरुमा जनदीप माविका गोपाल जिसी, आदर्श आधारभूत विद्यालयका यमबहादुर चिदी, सत्यवधि आविका ओमप्रकाश गाहा र जन आविका विनिता उचै रहेका छन् ।

यसैगरी शिक्षक अभिभावक संघको पनि महासंघ गठन गरिएको छ । उक्त महासंघको संयोजकमा दोभान माविका चक्रब्युह थापा र सह संयोजकमा मस्याम माविका एकुमाया रुचाल रहेका छन् । सचिवमा सिद्ध आविका किम बहादुर लाम्टाङ्गे तथा सदस्यहरुमा धन बहादुर गाहा, बिम कुमारी दर्लामी, यम बहादुर राना र टोप बहादुर बिक रहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ