५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

न्युर्योक। अमेरिकी प्रसारक सीएनएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) क्रिस लिच्टले राजीनामा दिएका छन् । 

Advertisement

न्यूयोर्क पोस्टका अनुसार सिएनएनका कर्पोरेट अभिभावक वार्नर ब्रदर्स डिस्कवरीले क्रिस लिच्टले दिएकाे राजीनामा तुरुन्तै कार्यान्वयन गरिएको जानकारी दिएका छन् । लिच्टले गत मे २०२२ मा सीईओ भएर पदभार ग्रहण गरेका थिए । 

उनले कर्मचारीहरूलाई दिइएको जानकारी अनुसार अन्य अवसरका लागि सिएनएनवाट अचानक राजीनामा दिनु परेकाे हाे ।  वार्नर ब्रदर्स डिस्कभरीका सीईओ डेभिड जास्लाभ र वार्नर ब्रदर्स डिस्कभरीका अन्य कार्यकारीहरूलाई साथ दिएकोमा उनले धन्यवाद दिए भने सिएनएनमा उनीहरुसँग काम गर्न पाएको गर्व गरेको पनि भन्न छुटाएनन । तर, उनले नेटवर्कका केही दिग्गज कर्मचारीहरूको विरोधको भने उनले चुनाैती सामना गरिरहनु परेको बताईएको छ । 

उनको याे राजीनामा भने सिएनएनका लागि भने ठूलो झटका हो  । लिच्टको राजीनामा यस्तो समयमा आएको छ, जब सीएनएनले धेरै चुनौतीहरूको सामना गरिरहेको छ।  हालका वर्षहरूमा नेटवर्कको दर्शक र अनलाइन पाठकको पनि संख्या घटेको छ । सिएनका प्रतिद्वन्द्वीहरू फक्स न्यूज र एमएसएनबीसी भने सिएनएनलाइ क्रमशः छाडेर अगाडी बढिरहेको अवस्था थियो ।

उनी सिएनएनलाई अझ बढी उचाईमा लैजानका लागि चीजहरूमा परिवर्तन गर्न खोज्दै थियो, त्यही बेला उनको राजिनामा आएको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । उनलाई टेलिभिजन समाचार उद्योगमा उदाउँदो ताराको रूपमा हेरिदैँ आएको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ