५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

काठमाडौं । मधेश प्रदेशका महिला कथाकारहरूलाई छोटो–फिल्मको पटकथा लेखनमार्फत प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘टेल योर स्टोरी– (मधेश च्याप्टर)’ कार्यशाला सुरु भएको छ ।

Advertisement

बुधबारबाट राजधानीमा सुरु कार्यशालाले पुरुषप्रधान फिल्म क्षेत्रमा मधेशका महिलाहरूलाई आफ्नो कथा आफैँ भन्ने अवसरको सिर्जना गर्ने लक्ष्य राखेको छ । कार्यशालाको उद्देश्य महिला सशक्तिकरण तथा सिर्जनात्मक विविधताको समावेशिता रहेको छ ।

दुई चरणमा भैरहेको यस कार्यशालाको पहिलो चरण जेठ १६ देखि जेठ २० सम्म सन्चालन भएको थियो, जसअन्तर्गत राखिएको ५ दिने भर्चुअल कक्षामा निवेदनमार्फत छानिएका १७ प्रशिक्षार्थी सहभागी भएका थिए । ती मध्येबाट ९ प्रशिक्षार्थीलाई दोस्रो चरणको कार्यशालाका लागि चयन गरिएको हो ।  जेठ २४ देखि जेठ २९ सम्म सन्चालन हुने दोस्रो चरणको कार्यशालामा प्रशिक्षार्थीहरूलाई नेपालका ख्यातिप्राप्त फिल्मकर्मी तथा कथाकारले कथालेखनका विषयमा सल्लाह तथा मार्गदर्शन प्रदान गर्नेछन् ।

मधेशका महिलाका जीवन र अनुभव, साहस र अठोटका कथा प्राय ओझेलमै रहन पुगेका छन् र विरलै फिल्मको पर्दामा उत्रिने मौका पाउँछन् । तसर्थ, पटकथा लेखनका आधारभूत ज्ञान प्रदान गरेर तिनै अनुभवलाई मधेशकै सम्भावना बोकेका महिला कथाकारको आवाजमा छोटो फिल्मको पटकथाको रूप दिनु नै ‘टेल योर स्टोरी’ कार्यशालाको प्रमुख लक्ष्य रहेको छ । फिल्म इन्डिपेन्डेन्ट अन्तर्गतको ग्लोबल मिडिया मेकर्सको सहयोग, तथा नेपालस्थित अमेरिकी राजदुतावास तथा शिक्षा फाउन्डेसन् नेपालको सहकार्यमा सन्चालित ‘टेल योर स्टोरी–(मधेश च्याप्टर)’ कार्यशाला महिला कथाकारहरूलाई आफ्ना जीवनुभव पटकथाका रूपमा उतार्नका लागि आवश्यक प्राविधिक ज्ञान प्रदान गर्नमा दत्तचित्त लागेको छ ।

कार्यशालाको अन्त्यमा तीन छोटा पटकथा छानिनेछन्, जसलाई मधेशकै फिल्मकर्मीहरूबाट फिल्मका रूपमा विकास गरिनेछ । कार्यशालामा आरतीकुमारी मण्डल, कविता खड्का, किरण शाह, पुनम रौनियार, प्रतिभा झा, पुजा यादव, पुष्पा यादव, रेनुका जिसी र सुष्मा शर्मा सहभागी छन् । उनीहरुलाई शिवानी सिंह थारु, सरिता शाह, सम्पदा मल्ल, नविन सुब्बा, मुना गुरुङ, दीपक रौनियार, आन्विका गिरी र अविनाश विक्रम शाहले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ