Sep 23, 2023
बुटवल । रूपन्देहीको तिलाेत्तमा २ मा रहेकाे शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएकाे छ ।बुधबार तिलाेत्तमा नगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयबीच प्रतिष्पर्धा भएकाे थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तिलाेत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चाैधरीले नगर बालमैत्री नगरपालिका भएकै कारण बालबालिकासँग सम्बन्धित विभिन्न कार्यक्रम गरिरहेकाे बताइन् ।
उनले समाजले बनाएका खराब मूल्यमान्यता ताेड्नका लागि बालबालिकामा लगानी गर्न अति जरूरी भएकाे बताइन् ।
सामाजिक विकास समिति संयाेजक रवि सेन्चुरीले एक विद्यालय एक सृजनशील कार्यक्रमअन्तर्गत भएकाे यस कार्यक्रमले विद्यार्थीकाे प्रतिभालाई प्रष्फुटन गर्न सहयाेग गरेकाे बताउँदै सामुदायिक विद्यालयबीच अन्तरसम्बन्ध स्थापित गर्नका लागि याे कार्यक्रम गरेकाे बताए । तिलाेत्तका नगरपालिका वाड नम्बर १ का अध्यक्ष फर्सुराम गिरीले विद्यालयले विभिन्न क्षमतावान विद्यार्थीलाई पहिचान गर्न जरूरी रहेकाे बताए । उनले तिलाेत्तमा नगरपालिका भाैतिक विकास र मानवीय विकासलाई सँगसँगै अघि बढाएकाे बताए ।
साे प्रतिभा प्रदर्शन प्रतियोगितामा शंकरनगर दुर्गादत्त माविले पहिलाे स्थान प्राप्त गरेकाे छ । त्यस्तै जनभावना माविले दाेस्राे स्थान प्राप्त गरेकाे छ त्यसैगरी पशुपति मावि तेस्राे र पश्चिम पहुनी मावि सान्त्वनामा सिमित भएकाे छ । कार्यक्रममा प्रधानाध्यापक चण्डीप्रसाद पाण्डे , शिक्षक अविभावक संघका अध्यक्ष पुष्कर नाथ पन्थलगा विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमानाथ कडेलकाे अध्यक्षता रहेकाे कार्यक्रमकाे सञ्चालन शिक्षकहरू कृष्ण पन्थी र गंगा पुरीले गरेका थिए ।
प्रतिकृया दिनुहोस्