६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

मस्काे । दक्षिणी युक्रेनमा ठूलो जलविद्युत बाँध काखोभका भत्किएपछि सयौं मानिसहरु आफ्नो घर छोड्न बाध्य भएका छन्। उक्त बाँध भत्किएर डिनिप्रोको किनारका १ हजार ८ सय भन्दा बढी घरहरू डुबानमा परे पछि १५ हजार मानिसहरु विस्थापित हुन पुगेका छन् । साथै, सो क्षेत्रमा तोप र गोलाबारीको आवाज पनि सुनिएको छ । 

Advertisement

बाँध भत्केपछि युक्रेनको दक्षिणी खेरसनको ठूलो भाग जलमग्न भएको छ । आगामी २० घण्टामा पानीको सतह अर्को एक मिटरले बढ्ने अनुमान गरिएको छ, डिनिप्रोको किनारमा रहेका तल्लो क्षेत्रहरू डुबानमा पर्दै जाने छ, एक  अधिकारीहरूले भने। धेरै स्थानीयले डरले घरको छतमा रात बिताएका छन् । 

बस र रेलद्वारा अत्यावश्यक सामानहरूसहित तिनीहरूलाई बाहिर निकाल्ने प्रयास गरिएको थियो।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले नोभा काखोभका बाँधको पतनलाई सामूहिक विनाशको वातावरणीय बम भनेका छन्। यसले ८० सहर र गाउँमा बाढीको खतरा सिर्जना गरेको छ । जेलेन्स्कीले यसका लागि रुसलाई दोष दिएका छन् ।

तर, रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभले भने सो दुर्घटनामा नाटोको हात रहेको आरोप लगाएका छन् । 

बुधबार भएको काखोभका बाँध विस्फोटको जिम्मेवारी अमेरिका, बेलायत र यसका नाटो सहयोगीहरूले लिनुपर्ने उनको भनाई छ । 

उनले युक्रेनमा बम विष्फोट गर्न यी देशले सहमति दिएको बताए ।  दुवै देशले एकअर्कालाई बाँध भत्काएको आरोप लगाउँदै आएका छन् 

प्रतिकृया दिनुहोस्

Flash News

देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता