६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौं। रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिएको छ । अष्ट्रियाका सुरक्षा अधिकारीहरुका अनुसार एउटा सुरुङमा आगो लागेपछि उनीहरू सवार रहेको रेललाई बाहिर निकालिएको हो । 

यस घटनामा परेर करिब ४५ यात्रुलाई सामान्य चोटपटक लागेको छ भने धुवाँको मुस्लोका कारण उनीहरुको स्वास्थ्यमा प्रतिकुलता देखिएको छ । ह्याम्बर्ग र एम्स्टर्डमका लागि जाँदै गरेको ट्रेन बुधबार साँझ अस्ट्रियाको आल्प्सको इन्सब्रक सहर नजिकैको सुरुङबाट अघि बढिरहेको थियो, त्यसैबेला यसको ओभरहेड तार टुटे पछि आगलागी सुरु भएको हो । 

यात्रुहरू बोकेको उक्त ट्रेनले अटोमोबाइलका समानहहरू ओसारपसार गरिरहेको थियो र तीनै तारका केबलबाट आगलागी सुरु भएको थियो, रेलका स्थानिय प्रवक्ताले भने। उक्त रेलमा आगलागी भएपछि १ घन्टा भन्दा बढी समय लगाएर आगो निभाईएको थियो, उक्त आगलागीमा परेर कोही पनि हताहत भने भएका छैनन । 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ