६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

महोत्तरी । रेडक्रस सोसाइटी बर्दिबासले सर्पदंश उपचार केन्द्र बर्दिबासलाई करिब १४ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री उपचार प्रदान गरेको छ । 

Advertisement

गर्मीसँगै सर्पको प्रकोप बढेका बेला रेडक्रसले औषधि राख्न फ्रीज, बिरामीलाई अन्यत्र लैजाँदा प्रयोग गर्न मिल्ने भेन्टिलेटरसहितका स्वास्थ्य सामाग्री केन्द्रलाई हस्तान्तरण गरेको रेडक्रस बर्दिबासका सभापति सुदिप कार्कीले जानकारी दिए । उक्त उपचार केन्द्रमा मधेश प्रदेशसहित बागमती प्रदेशका सिन्धुली, रामेछाप र दोलाखाबाट समेत सर्पदंशमा बिरामी उपचाका लागि आउने सभापति कार्कीले बताए । 

दुई हप्तादेखि बढेको अत्याधिक गर्मीले सर्पदंश उपचार केन्द्रहरु भरिभराउ हुन थालेका छन । संख्यात्मक हिसाबले समेत मधेशमा नै चारवटा मात्र उपचार केन्द्र छन् बैसाखयता २९ जना सर्पदंशका बिरामीको उपचार गरिएको उक्त उपचार केन्द्रका इन्चार्ज उत्तम कटुवालले जानकारी दिए ।

त्यसमध्ये सिन्धुली दुधौली घर भएका दुईजना बालबालिकाको उपचार गर्न ढिलो ल्याइपु¥याउँदा बाटोमा नै मृत्यु भएको थियो भने महोत्तरी रामनगरका एक बालिकाको जनसेवा अस्पतालमा राखेर उपचार भैरहेको छ ।
 

प्रतिकृया दिनुहोस्

Flash News

एनआरएनए अध्यक्षका प्रत्याशी शर्माकाे विश्व दौडाहा जारी देश बिरुद्ध लेखेको आरोपमा पाकिस्तानमा एक पत्रकार हिरासतमा छन्द लहरीमा लहरिँदा नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना