ताजा अपडेट »

नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास

मंगलबार, २३ जेठ २०८०, १७ : २८
2 Shares

दाङ । दाङमा नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कार प्रयास गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् ।राप्ती गाउँपालिका– ३ की १४ र १२ वर्षीया दिदीबहिनीलाई सामूहिक बलात्कारको प्रयास गरेको आरोपमा उनीहरुलाइई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा गढवा गाउँपालिका– ६ का १८ वर्षीय दिलशान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान र कपिलवस्तु शिवराज नगरपालिका– ११ का २० वर्षीय जाबेद भन्ने जाविद खान छन् । साथै गढवा गाउँपालिका– ६ का १६ वर्षीय दुई किशोर पनि पक्राउ परेका छन् । 

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत दाङबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।