ताजा अपडेट »

‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण

मंगलबार, २३ जेठ २०८०, १४ : ५१
30 Shares

बुटवल । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले भारतको नयाँ संसद भवनमा राखिएको “अखण्ड भारत” को नक्सामा नेपालका भू-भागहरु समेत समावेश गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। युवा संघ रुपन्देहीका अध्यक्ष बिकासजंग बस्नेत नेतृत्वको टोलीले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेपाली भूमीलाई भारतीय नक्सामा पार्ने भारतीय हेपाहा प्रवृतीप्रति गम्भिर हुन आग्रह गरिएको छ।

युवा संघ रुपन्देहीले आज जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत ज्ञापन पत्र बुझाउदै भारतले आफ्नो संसद भवनमा राखेको नक्सामा बुद्ध जन्मस्थल लुम्बिनी र कपिलवस्तुलाई समावेश गरेको भएपनि प्रधानमन्त्रीको भारत भ्रमणमा उक्त बिषय नउठाईएको भन्दै आपत्ती जनाएको छ। युवा संघले बुझाएको ज्ञापन पत्रमा भारतले नेपालको भुभाग समेटेर बनाएको नक्सा सच्याउने पहल गर्न नेपाल सरकार संग माग गरिएको छ।

ज्ञापन पत्रमा प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा “नेकपा एमालेका श्रद्धेय अध्यक्ष केपी ओली नेतृत्वको तत्कालीन सरकारले जारी गरी नेपाली भुभागको रुपमा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भू–भागको सट्टा पट्टा गर्न सकिने भनी दिएको अभिब्यक्ती गैर जिम्मेवारपुर्ण भएको उल्लेख छ। युवा संघले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिदेशी प्रभुलाई खुसी पार्न भ्रमणको सम्मुखमा सार्वभौम संसदलाई छलेर निस्कृय भैसकेको नागरिकता बिद्येयक प्रमाणिकरण गरिएको प्रति आपत्ती जनाएको छ।

यसका साथै नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालको शिर झुकेको भन्दै उक्त प्रकरण सन्दर्भमा निष्पक्ष छानविन तथा अनुसन्धान गरी दोषीहरु माथै हदै सम्मको कार्वाही गर्न बिज्ञप्तीमा माग गरिएको छ। कार्यक्रममा युवा सघका केन्द्रीइ सदस्य कल्पना पाण्डे मगर ,प्रदेश कमिटि सदस्य कृष्ण मल्ल ठकुरी , जिल्ला उपाध्यक्ष दिपक खडकी ,सचिब दिपेस कडेल सह सचिब नबराज थापा ,कोषध्यक्ष नारायण थापा लगायत नगर कमिटि सदस्यहरुको सभभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।