६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ मातहतमा रहने गरि आइतबार रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ गठन भएको छ।

Advertisement

नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेश संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठको अध्यक्षता तथा लुम्बिनी प्रदेश खेलकुद परिषदका प्रतिनिधि राज कुमार पाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भुपाल क्षेत्री (हरि) र राखेप शारीरिक सुगठनका प्रशिक्षक केशव बहादुर शाक्य लगायतका उपस्थितिमा भेला सम्पन्न भएको हो ।

भेला पश्चात् राज कुमार श्रेष्ठकाे अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति चयन गरिएको छ । यसअघि शारीरिक सुगठनसम्बन्धी दुई वटा राष्ट्रिय स्तरमा संघ WBPF र IFBB क्रियाशील रहेकोमा हालै राष्ट्रिय खेलकुद परिषदको पहलमा दुवै संस्था एकीकृत भइ नयाँ विधान बनाउँदै नयाँ महासंघ गठन गरिएको हाे । महासंघकाे बिधानले गरेको व्यवस्था अनुसार महासंघ मातहतमा रहने गरि क्रमशः प्रदेश तथा जिल्ला समितिहरु क्रमशः देशभरि नै गठन गर्ने कार्यलाई निरन्तरता दिइएको नेपाल शारीरिक सुगठन तथा फिटनेश महासंघका पूर्व केन्द्रीय सदस्य सितु प्रसाद श्रेष्ठले बताए ।

नव गठित रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघकाे उपाध्यक्षमा मनोज अग्रवाल,सचिवमा आशिष श्रेष्ठ, कोषाध्यक्षमा उत्तम गुरुङ्ग तथा सदस्यहरुमा क्रमशः सुदिप कोइराला क्षेत्री , सुरज दास नापित, मनोज गीरी रहेको अध्यक्ष राज कुमार श्रेष्ठले जानकारी गराए।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी