६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

काठमाडौ। अरुण भ्याली हाइड्रोपावरले असार ७ गते विशेष साधारण सभा बोलाएको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेस हुँदै छ ।

Advertisement

यस्तै, हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी बृद्धि हुने भएकोले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघिनै १०० प्रतिशत  हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । 

हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ । कम्पनीले सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणको लागि आवश्यक पर्ने स्वपुँजीको लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ । 

यस्तै, बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ । सभा प्रयो्जनको लागि जेठ ३० गते बुक क्लोज गर्नेछ । यसर्थ, जेठ २९ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् । 

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी