५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । घरबहाल सम्बन्धी समस्या समाधान गर्न राज्यपक्ष उदासिन हुदा स्थिती गम्भिर बन्दै गैरहेको बुटवलमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । बिगत लामो समयदेखि घरबहालका क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि उचित कानुनको अभावमा ब्यबसायीहरु बिस्थापित बन्दै गैरहेको भन्दै सहभागि बक्ताहरुले राजनैतिक दल र नेताहरु समस्या समाधानका लागि गम्भिर नबनेको आरोप लगाएका छन् ।

Advertisement

लामो समयसम्म सडकको अवस्था खराव हुनु, बुटवलबाट प्रदेशको राजधानी दाङ्ग सर्नु र घरबहाल महंगो हुनु लगाएतका कारण ब्यबसायीहरु क्रमशः बिस्थापित हुदै गैरहेको भन्दै उनिहरुले प्रमुख राजनैतिक दलहरुलाई समस्या समाधानका लागि जिम्मेबार बन्न आग्रह समेत गरेका छन् । नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीको आयोजनामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा सहभागि राजनैतिक दलका प्रतिनिधीहरुले स्थानिय सरकारले बुटवलको आर्थिक गतिबिधी बढाउने खालका योजनाहरु बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।

घरबहाल क्षेत्रका समस्या र समाधानका उपायहरु बिषयक सो अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस बुटवल उपमहानगरका उपसभापति ज्योती भण्डारीले बुटवलको बिकासको बारेमा दिर्घकालिन सोंच नहुदा ब्यापार ब्यबसाय धरासायी बन्दै गैरहेको टिप्पणी गरेका छन । तिब्र शहरीकरणसँगै बुटवलको बजार बिकेन्द्रित भै बिभिन्न क्षेत्रमा फैलिएर ग्रामिण तथा साना शहरी क्षेत्रमा बजार स्थापित भएका कारण अवस्था दयनिय बन्दै गैरहेको धारणा नेकपा एमाले बुटवल उपमहनगर समितिका सहसचिव मेघराज घिमिरेले ब्यक्त गरेका छन् ।

नेकपा माओबादी केन्द्रका नगर अध्यक्ष महेन्द्र भुसालले दिर्घकालिन असर गर्ने कुराहरुमा राज्यले ध्यान नदिदा समस्या बिकराल बन्दै गैरहेको भन्दै घरबहाल कर छुट, बैंक ब्याज मिनाहा लगाएका कार्यक्रम ल्याएर ब्यापार ब्यबसायको संरक्षण गर्ने निति ल्याउन आग्रह गरेका छन् । राप्रपाका नगर अध्यक्ष निरजप्रताप खाणले समस्या समाधानका लागि सबै एकजुट भएर अघि बढ्नु पर्ने बिचार ब्यक्त गरेका छन् ।

नेमकिपा रुपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले २०६२/०६३ आन्दोलनको मर्म बिपरित अनियन्त्रित रुपमा नागरिकता बितरण जस्ता कार्यहरुले प्रश्रय पाएको उल्लेख गर्दै नयाँ नागरिकका कारण बजार असन्तुलन भै घरबहालको क्षेत्रमा समस्या आएको जिकिर गरेका छन । क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालका नगर अध्यक्ष राजु भुजेल, नेकपा (बिप्लव समुह) नगर ईन्चार्ज एनबि शाहीलगाएतले ब्यापारी ब्यबसायी मात्र नभएर हजारौं मजदुरसँग पनि जोडिएको बिषय भएकोले राजनैतिक रुपमै चासो लिएर समाधानको उपाय खोज्नु पर्ने धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल घरबहाल सरोकार संघ, रुपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ भण्डारी, बर्तमान अध्यक्ष राजुप्रसाद लिगल, वरिष्ठ उपाध्यक्ष टुकलाल न्यौपाने, महासचिव कृष्ण बहादुर खनाल, निवर्तमान अध्यक्ष खगेन्द्र पौडेल, सदस्य शुभप्रताप राणा, वरिष्ठ सल्लाहकार हरिश ढकाललगाएतले बुटवलको बजारबाट उद्यमी ब्यबसायीहरु क्रमशः बिस्थापित हुदै गैरहेकोमा चिन्ता ब्यक्त गर्दै समस्या समाधानका लागि आवश्यक पहल गर्न राजनैतिक दल तथा नेताहरुलाई आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ