५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बगनासकाली गाउँपालिका–२ पोखराथोक, वडा कार्यालय नजिकै सरकारी जग्गामा सुकुम्बासी भई झुप्रोमा बस्दै आएका रेशम सूर्यबंसीले पढ्न पाउने भएका छन् । सरस्वती सूर्यबंसी र रेमबहादुर सूर्यबंसीका तीन सन्तानमध्ये जेठा छोरा रेशम सूर्यबंसीले जन्म दर्ता नभएको कारण ८ कक्षामा भर्नुपर्ने रजिस्ट्रेशन फर्म भर्न नपाएपछि विद्यालय छोडेर बसेका थिए ।

Advertisement

रेशमले विद्यालय छाडेर घरमै बसेको थाहा पाएपछि सामाजिक स्रोत विकास केन्द्र, नेपालको पहल र बिष्णु मावि तथा बगनासकाली गाउँपालिका २ नं. वडा कार्यालयको सहकार्यमा रामपुर नगरपालिका ३ नं. वडा कार्यालयमा उनका बाबाआमाको विवाह दर्ता गरी रेशमलगायत उनका भाइबहिनीका जन्म दर्ता गरेपछि पुनःबिष्णु माविमा पढ्न जान थालेका छन् ।

करिव ७५ वर्ष पहिले बगनासकाली गाउँपालिका वडा नं ४ खानीछापबाट लिलाम्बर चौहान कामको खोजीमा पोखराथोकमा आएर बसोबास गर्न थालेका थिए । कामको सिलसिलामा भेट भएकी मानकुमारीसंग उनले विवाह गरे । एक्लो ज्यान त जता बसे पनि ठिकै थियो । विवाह गरेपछि भने दिनभर अर्काको काम गरेपनि अव दुईजना बस्ने बास चाहिने भएपछि पोखराथोक साविकको गाविस भवन नजिकै सरकारी जग्गामा एउटा छाप्रो बनाएर बसोबास गर्न थाले ।

उनीहरुका तीन सन्तानमध्ये माइली छोरी हुन् सरस्वती । बुवाआमा गरिव तथा निरक्षर भएका कारण उनीहरु विद्यालय गएनन् । बुवाआमासंगै अर्काको घरमा सकेको काम गरेर पेट पाल्ने गर्देै आए । उनीहरुले गरेको कामको उचित मूल्य नपाउने, कुनैको घरमा त खाना खाएकै भरमा काम गरेको अनुभव सरस्वतीसँग छन् । सरस्वती जव ठुलीहुँदै गइन् केटाहरुले उनलाई जिस्काउने र हेप्न थाले । सरस्वती अल्लि सुस्तमनस्थितिका छन् । त्यसैले होला गाउँका एकजनाले रामपुर दर्छा घर भएका र बगनासकाली तीन सिंचासमामा घरमा बस्दै आएका श्रवण क्षमता नभएका र बोल्न नसक्ने रेमबहादुर सूर्यबंसीसंग विवाह गरी दिए । रेमबहादुरको घरमापनि घर, सम्पत्ती नभएकोले र विवाह गरेपछि मामाघर बस्न मन नपराएपछि रेमबहादुर ससुराली घर पोखराथोकमै बस्न थाले । त्यहि सानो छाप्रोमा सरस्वतीले दुईवटा छोरा जन्माउने बेलासम्म सबै जनासंगै बसे । यतिबेलासम्म सरस्वतीका दाइ घर छाडेर हिडे, कहाँ गए पत्तै भएन ।

एउटै साँघुरो छाप्रोमा छोरीज्वाई दुई नातीसहित बस्न असहज भएपछि छोरीज्वाइँलाई त्यो घर छाडेर वुवाआमा अन्यत्रै बस्न गए । बाबा आमाले छाडेपछि सरस्वतीले छोरी जन्माइन । सुकुम्बासी भएर बसेको आप्mनो केही छैन । तीनजना छोराछोरी पाल्न सहज थिएन । आफुसंगै मेलापात लगेर छोराछोरी हुर्काइन् । बिष्णु मावि नजिकै भएको र सबैले छोराछोरी विद्यालय पठाउनु पर्छ भनेकाले सकी नसकी विद्यालय पठाउन थालिन् । उनीहरुलाई विहान साँझ छाक टार्ने बिषय नै सवभन्दा ठूलो समस्या भएकोले छोराछोरीलाई पर्याप्त कापीकिताव र पोशाकमा पठाउन भने सक्दिन थिइन् ।

श्रीमान् बोल्न नसक्ने र आफुपनि सुस्तपाराकी भएकोले उनीहरुलाई विवाह दर्ता के हो ? छोराछोरीको जन्मदर्ता के हो ? कहाँ बनाउने भन्ने थाहै थिएन । उनीहरुका घटना दर्ता कहाँ गर्ने भन्ने पनि कसैलाई थाहा नभएकोले जतिसम्म सम्भव हुन्छ बिष्णु माविले बालबच्चा भर्ना गरेर पढ्ने अवसर मिलायो । उनीहरुलाई आवश्यक कापी किताव कहिले विद्यालयले कहिले कुनै संघसंस्थाले त कहिले कुनै ब्यक्तिहरुले सहयोग गर्दै आए । जव जेठोछोरा रेसम कक्षा ८ मा पुग्यो कक्षा ८ मा भर्नु पर्ने रजिष्ट्रेशन फर्म भर्नका लागि जन्मदर्ता अनिवार्य भएपछि उसको फर्म भर्न मिलेन । फर्म भर्न नमिलेपछि रेशम विद्यालय जान छाडे । दाइको फर्म भर्न नपाएपछि कक्षा ५ मा पढ्ने उनका भाइ बिक्रम पनि मेरो उहीताल त हो नि भनेर विद्यालय जान पातलो हुन थाल्यो । जन्म दर्ताका लागि बाबाआमाको विवाह दर्ता नै नभएको र विवाह दर्ता किन गर्ने,कहाँ गर्ने तथा बच्चाको जन्मदर्ता गर्नुपर्छ भन्ने थाहा नभएकोले यो अवस्था आएको हो । बाबा बोल्न नसक्ने, उनको घर पोखराथोक नभएको कारण पोखराथोकबाट जन्मदर्ता गराउन नमिल्ने भयो । सरकारले निः शुल्क र अनिवार्य शिक्षाको नीति ल्याउँछ । यता बालबालिकाले जन्म दर्ता नभएको कारण विद्यालयमा फर्म भर्न पाउँदैनन् । यसरी बालबच्चा विद्यालय जान नपाएको कुराले संस्थाको गुणस्तरीय सार्वजनिक शिक्षाको अभियानमा ठूलै चुनौती आएको महसुुुस भयो । आमालाई आफ्नो श्रीमानको घर थाहा नभएकाले उनीहरुलाई चाहेरपनि सहयोग गर्न नसक्ने अवस्था आएपछि सामाजिक स्रोत विकास केन्द्रका सहजकर्ता दुर्गा पाण्डेको पहलमा उनीहरुलाई पढ्ने वातावरण मिलाउने विकल्प खोज्न थालियो । अहिलेसम्म कहिले विद्यालयले कहिले शिक्षकहरुले ब्यक्तिगत रुपम सक्दो सहयोग गरेर पढाइ रहेको विद्यार्थीले ८ कक्षा पढ्न नपाउने कुराले बिष्णु माविका शिक्षकहरुलाई ठूलो चोट पर्यो ।
शिक्षकहरुले कसरी सहयोग गर्न सकिन्छ भनेर बाटो खोज्न थाले । विद्यालयको सरसल्लाह अनुसार विद्यालयकोतर्फबाट प्रअ चुरामणि ढकालले आवश्यक सहयोगका लागि सामाजिक स्रोत विकास केन्द,्र नेपाललाई सहयोग गर्न निवेदन पठाउनु भयो । आफ्नै छिमेकी भएर बसेका बच्चाको पढाई अवरुद्ध हुँदा उनीहरुलाई न्याय दिलाउनका लागि पूर्वप्रअ सुरेश गैरेले उनीहरुको वास्तविक ठेगाना खोज्न धेरै सहयोग गर्नुभयो । सबैको साथ र सहयोगमा रेमबहादुरको मावली पत्ता लगाएर मावलीमार्फत रेमबहादुरको वास्तविक जन्मघर रामपुर ३ दर्छा रहेको थाहा भयो ।

सरस्वती र उनका श्रीमान् दर्छा गएर विवाह दर्ता जन्मदर्ता गर्न सक्ने अवस्थाका थिएनन् ।उनीहरुको वास्वतविक ठेगाना रहको वडाका वडाध्यक्षसंग फोनबाट कुराकानी गर्दा रेमवहादुरको जन्मघर त्यहि रहेको र उनको काकासंग वडाध्यक्षको राम्रो चिनजान भएको थाहा भयो । वडाध्यक्षसंग काकाको फोन नं. मागेर कुराकानी गर्दा रेमबहादुरका वुवाआमा बितिसकेको र दुईजना दाइहरु इन्डियातिर नै बसोबास गरेका जानकारी पाइयो ।

उनीहरुलाई लिएर आउनु आवश्यक सहयोग हामी गर्छाै भन्ने आश्वासन पाइयो । अव भने हाम्रो पहल सार्थक हुने पक्का भयो । यता काम बन्ने कुराले खुसी भएको बेला सरस्वती र रेमवहादुरले रामपुर जान नमानेपछि पटकपटक धेरैजनाले सम्झाइ बुझाइ गरेर करीव एक हप्तापछि बल्ल उनीहरु रामपुर जान तयार भए । उनीहरु ५ जना र अरु सहयोगी जानुपर्ने जान आउन खान बस्न खर्च धेरै नै लाग्ने भएपछि संस्थामा सरसल्लाह गरी त्यो खर्च संस्थाले बेहोर्ने निर्णय भयो । विद्यालयमा जन्म दर्ताको आवश्यक भएको कुरा जनाउँदै जन्मदर्ताका लागि वडा कार्यालयलाई अनुरोध पत्र बिष्णु माविले लेखि दियो ।

सरस्वतीका वुवाआमाको नागरिकता संकलन गरियो । उनीहरुलाई सहयोगीकारुपमा संस्थाका सहजकर्ता दुर्गा पाण्डे र महिला समन्वय समितिका अध्यक्ष जाने निर्णय भयो । दर्छाका वडाध्यक्ष र सचिवसंग समन्वय गरेर २०७९चैत्र १९ गते एउटा भ्यान रिजर्व गरी रामपुर ३, दर्छा वडा कार्यालयमा करिव ३ बजे पुग्दा वडाले निकै खुसी ब्यक्त गर्दै आफुहरुले गर्ने काम संस्थाले सोधखोज गरी धेरै मेहनतका साथ वडासम्म ल्याएकोमा धेरै धन्यवाद दिए ।

रेमबहादुरको काका वडामै आउनुभयो । उहाँले जतनसाथ राखेको रेमबहादुरको नागरिकता ल्याइदिनु भयो उनीहरुको विवाह दर्ता गरिदिन खोजेको तर उनीहरु नै कहिल्यै दर्छा नआएकोले आज यो समस्या आएको कुरा उहाँले जनाउनु भयो । वडामा तुरुन्तै विवाह दर्ता र तीन छोराछोरीको जन्म दर्ता र सरस्वतीको नागरिकताका लागि वडाबाट सिफारिस बनाउने काम भयो ।

सरस्वतीको नागरिकता वनाउन पर्ने भएकोले काकाले रेमवहादुर र सरस्वतीलाई छोडेर जान भन्नुभयो । उनीहरुलाई छाडेर छोराछोरीलाई लिएर फर्कियौ । काकाले चार दिन रामपुर राखेर सरस्वतीको नागरिकता र उनीहरु रामपुर नआउने भएपछि पोखराथोकको वसाईसराई समेत वनाएर पठाइदिनु भएछ । अहिले रेशम र उनका भाइवहिनी खुसीहुँदै नियमित विद्यालय जान थालेका छन् । निमुखा सुकुम्बासी परिवारको अधिकार स्थापित गर्न सहयोग र सहजीकरण सामाजिक स्रोत विकास केन्द्र नेपालले गरेकोमा दर्छाबासी, र पोखराथोकबासी तथा बिष्णु मावि का प्रअ, पूर्वप्रअ तथा सम्पूर्ण शिक्षकहरुले, आभार प्रकट गरेका छन् । बगनासकाली गाउँपलिका अध्यक्ष सरस्वती चिदी, कार्यपालिका सदस्य गीता रेग्मी र वडाअध्यक्ष तीर्थ भटराईले सामाजिक स्रोत विकास केन्द्र ,नेपाललाई हार्दिक धन्यबाद दिएका छन् । रेशमले पढ्न नपाएकोमा दुःखी भएका रेशमका साथीहरु अहिले “रेशमले पनि पढ्न पाउने भए”भनेर दंग छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ