५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

परासी । भैरहवा परासी सडक खण्ड अनतर्गत आज बिहान पश्चिम नवलपरासीको मन्जरीयामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाईते भएका छन् । रामग्राम १० मा मन्जरीया चोक नजिकै आज बिहान चार बजेतिर लु १ च ६७९९ नम्बरको बोलेरोले भैरहवा तर्फ जादै गरेको लु ७० प ४०५४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी मोटरसाईकलमा सवार रामग्राम १६ हकुईका ३३ वर्षिय केशव प्रसाद यादवको मृत्यु भएको हो । यादवलाई उपचारको लागी पृथ्वीचन्द्र अस्पताल परासी ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी मोटरसाईकलमै सवार दुई जना गम्भिर घाईते भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपि भोजराज पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा परी गम्भिर घाईते ३० वर्षिय ईन्दल चौधरीको भैरहवा मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते हकुईकै नेम नारायण चौधरीलाई मुटुमा समस्या देखिएपछि थप उपचारका लागि काठमाण्डौँ रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिएर फरार भएको पिकअप र चालकलाई प्रहरीले १० घण्टा पछि नियन्त्रणमा लिएको छ । सिसिटिभिको माध्यमबाट अनुसन्धान गरी चालकलाई प्रहरीले आज दिउसो सुनवल १२ भुमहिबाट नियन्त्रणमा लिएको हो ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ