५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । दाेभान माध्यमिक विद्यालय,तिनाउ पाल्पाले आफ्ना अभिभावकहरुलाई शुक्रबार दाेभानमा एक दिवसीय अभिभावक शिक्षा प्रदान गरेकाे छ ।

उक्त शिक्षा कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई,रुपन्देहीका प्रमुख दीपेन्द्र ढकाले सहजीकरण गरेका थिए । उनले अभिभावकहरुलाई विद्यार्थीले गर्ने माग,अभिभावककाे कर्तव्य र अभिभावकले पालना गर्नुपर्ने विषयवस्तु सम्बन्धि सहजीकरण गरेका थिए । उक्त कार्यक्रममा तिनाउ शिक्षा समितिका संयाेजक एवम् पालिका अध्यक्ष प्रेम श्रेष्ठले दाेभान माविले आयाेजना गरेकाे अभिभावक शिक्षा प्रभावकारी रहेकाे बताउँदै तिनाउमा रहेका सबै विद्यालयले यस्ताे कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।

उक्त कार्यक्रममा तिनाउ गाउँपालिकाकाे शैक्षिक सुधारका लागि अभिभावककाे भूमिका महत्वपूर्ण हुने बताए ।
राजेश श्रेष्ठकाे अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमकाे सञ्चालन गाेपाल केसी र स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष चक्रव्यूह थापाले गरेका थिए ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ