५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

तिलाेत्तमा । रूपन्देहीको तिलाेत्तमा १ मा रहेकाे आनन्दवन शंकरनगर खानेपानी उपभाेक्ता तथा सरसफाइ संस्थाद्वारा वितरण गरिएका कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी देखिएकाे छैन् । उपभोक्ताकाे घरकाे भान्छाबाट निस्किएका कुहिने फाेहरकाे व्यवस्थापनका लागि वितरण गरिएका कम्पाेष्ट बिनकाे प्रभावकारी प्रयाेग नभएकाे उपभोक्ताले बताएका छन् ।

Advertisement

तिलाेत्तमा नगरपालिका ६ का उपभोक्ता शान्ति पाण्डेकाे नाममा प्रदान गरिएकाे कम्पाेष्ट बिन अहिले बन्द काेठामा यत्तिकै थन्किएको बाबुराम पाण्डेले बताए ।” खानेपानीकाे अफिसबाट बाेलाएर दिनुभयाे । रू ६०० पनि तिरेर ल्याएँ , तर याे प्रयाेग गर्ने तरिका थाहा छैन् । कसरी कम्पाेष्ट मल बनाउने ? ” बाबुरामले बताए । त्यसैगरी तिलाेत्तमा ५ का अर्का उपभोक्ता रामजी प्रसाद काफ्लेकाे पनि कम्पाेष्ट बिन त्यसै थन्क्यिएकाे छ । उनलाई पनि साे भाँडाेमा कम्पाेष्ट मल कसरी बनाउनु पर्छ भन्ने थाहा छैन् । खानेपानीले आफ्नाे कार्यक्षेत्रका उपभोक्ताकाे लागि वितरण गरेका कम्पाेष्ट बिन धेरैले थन्क्याएर राखेका छन् भने नगन्ने मात्रामा उपभोक्ताले प्रयाेग गरेकाे भेटिएकाे हाे ।

कम्पाेष्ट मल बनाउने भाँडाे ( कम्पाेष्ट बिन ) बितरण गर्ने तर कसरी कम्पाेष्ट मल कसरी बनाउने भन्ने नसिकाउँदा प्रयाेग बिहिन बनेकाे उपभोक्ताहरूकाे भनाइ छ । कतिपयले भने माेबाइलमा युटुबबाट मल बनाउने तरिका हेरेर र सिकेर मल बनाएकाे बताउँछन् । वाड नम्बर १ का नन्दकुमार थापाकाे नाममा प्रदान गरिएकाे कम्पाेष्ट बिनमा युटुवबाट मल बनाउने विधि सिकेर मल बनाउने प्रयास गरेकाे श्रीमतीले बताइन् । उता वाड न ५ का उपभोक्ता लक्ष्मण ज्ञवालीकाे नाममा दिइएकाे कम्पाेष्ट बिन उनकी श्रीमतीले आफ्नै ढंगबाट प्रयाेग गरेकाे बताइन् । पहिलेबाटै गमला , बाेरामा भान्साका फाेहर राखेर अाफ्नै ढंगले मल बनाइरहेकाेले साे भाँडाे आफूले जानेअनुसार प्रयाेग गरेकाे लक्ष्मणकी श्रीमती राजुदेवी ज्ञवालीकाे भनाइ छ ।

तिलाेत्तमा नगरपालिका र खानेपानीकाे लगानीमा एक हिस्सा उपभोक्ताकाे पनि लगानी राखिएकाे छ । उपभोक्तालाई अपनत्व गराउन उनीहरूकाे पनि लगानी राखिएकाे साे संस्थाका उपाध्यक्ष किशोर कुमार क्षेत्रीले बताए । अाफ्नाे कार्यक्षेत्रभित्र रहेका वाड नम्बर ३ काे केहि भुभाग वाड नम्बर १,४,५,६ ,८ , ९ मा रहेका एक कठ्ठाभन्दा कम जग्गा भएका उपभोक्ताकाे लागि साे बिन बितरण गरिएकाे उपाध्यक्ष क्षेत्रीले बताए । तिलाेत्तमा नगरपालिकाले ५०० वटा उपलब्ध गराएकाे र ५०० वटा खानेपानीले खरिद गरेकाे समितिले जनाएकाे छ ।

१००० काे सङ्ख्यामा रहेका कम्पाेष्ट बिन हालसम्म ९२७ वटा वितरण गरिएकाे प्रशासन प्रमुख नवराज न्याैपाने बताए । वार्षिक करिब ५६० उपभोक्ताहरू थपिने साे खानेपानीमा हालसम्म ८३०० उपभोक्ता रहेकाे प्रशासन प्रमुख न्याैपानेले बताए । उपभोक्ताहरूले प्रयाेग विधि नजानी अलपत्र पर्दा प्रशासन प्रमुख न्याैपानेले भने कम्पाेष्ट बिन वितरण गर्दा मल बनाउने तरिका सिकाएर नै वितरण गरिएकाे न्याैपानेकाे दावी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ