६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

नयाँ दिल्ली । भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा ‘इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम’ (आईएसल) प्रयोगका लागि भारतले स्वीकृति दिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले इन्ट्रुमेन्ट ल्यान्डिङ सिस्टमका विषयमा चासो व्यक्त गरेपछि भारतले प्रयोग अनुमति दिएको हो ।

Advertisement

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आईएलएसका लागि भारतले अनुमति दिएको जनाएका छन् ।

यससँगै अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइएलएस उडानको बाटो खुलेको छ। विमानस्थल निर्माणको क्रममा नेपालले पहिल्यै आइएसएस उपकरण जडान गरेपनि त्यसको फ्रिक्वेन्सीले भारतीय सीमा क्षेत्रको २ किलोमिटर आसपासको हवाई स्पेस लिएपछि भारतले सो उपकरण संचालनमा अवरोध गरेको थियो ।

आइएलएस उडान नहुँदा मौसम खराब हुँदा भैरहवाको उडान अवरुद्ध हुने गरेको थियो । अब भने जुनसुकै मौसममा पनि गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल उडान योग्य हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त पत्रकार सम्मेलनमा अतिरिक्त हवाई रुटबारे समेत कुराकानी भएको र त्यससम्बन्धमा भारत सकारात्मक रहेको जानकारी गराए ।‘हामीले अतिरिक्त हवाई रुटका विषयमा पनि छलफल गरेका छौं । द्विपक्षीय हवाई उडानका लागि भारतले दिएको सकारात्मक संकेतलाई नेपालले स्वागत गर्छ,’ प्रचण्डले पत्रकार सम्मेलनमा भने ।

उनले दुई देशबीच द्विपक्षीय एटीआर जहाज उडान गर्न सम्भव रहेको पनि बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपालमा लगानी गर्न आयरल्याण्डका राष्ट्रपतिसँग सभामुखकाे अनुराेध ओलीले सम्झिए भारतीय नाकाबन्दीका कष्टकर दिन आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी