६ आश्विन २०८०, शनिबार

Sep 23, 2023

बुटवल । कपिलवस्तुको बाणगंगामा दुईजनाको हत्या भएको छ। बिहेको कुरा अस्विकार गर्दा उनीहरुको हत्या भएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक मिन बहादुर घलेले बताए ।

बाणगंगा नगरपालिका वडा नम्बर ६, मटेरियाका ७० वर्षीय बम बहादुर थारु र उनकी भतिजी २२ वर्षीया अन्जनी थारुको चक्कु प्रहार गरि हत्या गरिएको हो । उनिहरु दुवै जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रुपन्देहीको कञ्चनका २२ वर्षीय मोहन थारुले उनिहरुमाथि चक्कु प्रहार गरेको प्रहरी नायव उपरीक्षक घलेले बताए ।

चक्कु प्रहारपछि दुबै जना गम्भिर घाईते भएका थिए। बम बहादुरको जीतपुरमा उपचारको क्रममा र अन्जनीको मेडिकल कजेल भैरहवामा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मोहन थारु र अन्जनी थारु विगत २ वर्षदेखि प्रेम सम्बन्धमा रहेको र विहेको प्रस्ताव अस्विकार गरेपछि हत्या गरेको भनाई छ । हत्या गर्ने थारुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आज क्यानको नेतृत्व चयन हुँदै, चतुरबहादुर र बिनयराज बीच प्रतिस्पर्धा मुगु सदरमुकाम गमगढी बजारमा आगलागी, ५ घर पूर्ण रुपमा क्षति  बोलेरो जीपबाट खसेर बालकको मृत्यु आजदेखि प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणमा राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ