१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

काठमाडौ । युनिक नेपाल लघुवित्तको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आवेदन दिने बुधबार अन्तिम दिन हो । लगानीकर्ताले बुधबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । यस कम्पनीले जेठ ११ गतेदेखि एफपीओ बिक्री खुला गरेको हो । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ बिक्रीमा ल्याएको हो । 

Advertisement

यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन खुला गरिएको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार जेठ १६ गते साँझ ५ः०२ बजेसम्ममा कुल १२ लाख ८५ हजार २२६ जनाले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा ३९.४३ गुणा बढी आवेदन हो ।

युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म बाहल रहनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता