५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

गुल्मी । “बाढिपहिरो पीडितले चिच्चाउँदै गुहार माग्दा पनि स्थानीय सरकार कानमा तेल हालेर बसेको भन्दै आलोचना भयो आइतबारको एक दृश्यमा । आईतबार  दिउँसो रेसुङ्गा नगरपालिका-४ र  इस्मा गाउँपालिका-२ को बीचमा पर्ने छल्दीखोलामा  विपदको घटना घट्यो ।

Advertisement

इस्मा तर्फका दुई घरपरिवार खोलाको डुबानमा परी चिच्याउँदै गुहार माग्दै थिए । एक जना मानिसलाई  खोलाले बगाउँदै थियो । बाढीबाट निस्कने प्रयास गरे पनि पौडिन जान्दा रहेनछन उनी । उनले आफूलाई यो संसारबाट माया मारी सकेको दृश्यले अनुभूत गर्न सकिन्थ्यो । उता  रेसुङ्गा नगरपालिकाका एक जना नागरिक त पनाहखोला पुलै मुनीको रहमा फसेंका, तर ढुङ्गा समातेर बाँच्न गुहार माग्दै थिएँ । 

सर्वसाधरण मानिसले  उर्लिएको त्यो भेलमा हाम्फालेर उनिहरुलाई बचाउन सक्ने अवस्था थिएन । तै पनि अलि पर रहेको  पालुखा माविका शिक्षक विद्यार्थी र जुनीयर रेडक्रस सर्कलका भाइ-बहिनीहरु उद्धार गर्न सकिन्छ कि भनेर जुटेका थिए ।

तर खोला उर्लेको देखेर रमिते बन्न विवस थिए  उनिहरु । धन्न इस्मा-२ का वडाध्यक्ष लोकप्रसाद आचार्यले तत्काल प्रहरीमा फोन गरेर सुचित गर्न  भ्याए । प्रमुख जिल्ला अधिकारी  टेकबहादुर केसीको नेतृत्वमा जिल्लाका तिन वटै सुरक्षा निकायको टोली  घटना स्थलमा आइपुग्यो ।

भनिन्छ स्थानीय सरकार जनताको सबभन्दा नजिकको सरकार र दैलाको सिंहदरबार । तर हेर्नुस त जिल्लाको सिडियोदेखि पूरै सुरक्षा निकाय घटना स्थलमा आउँदा पनि यता रेसुङ्गा नगरप्रमुख र उता इस्मा  गाउँपालिका प्रमुखसहितका जनप्रतिनिधी आउनु पर्दैन ? यो सवाल हामीले होईन त्यहाँका दृश्यले गरेको हो । 

जिल्ला प्रहरी प्रमुख एसपी नविनकिशोर प्रधानलाई  तपाईले यी दुईपालिकाका प्रमुखहरुलाई जानकारी गराउनु भएको होईन ? भनेर हामीले सोध्दा ‘मैले त बोलाएकै हुँ भन्दै थिए ।’ कोखैमा बसेका जिल्ला अनुसन्धान अधिकृत डिएसपी विनयकुमार चतुर्वेदी फोन हान्दै थिए,  सायद उनै जनप्रतिनिधीहरुलाईलाई होला । आलोचक कसैको नाम नलिउँ, एक जना वडाध्यक्ष बाहेक दुई पालिकाका जनप्रतिनिधीहरुको नाकमुखै नदेखिएको दृश्य आफैले उनिहरुको चर्को आलोचना गरिरहेको महशुस हुन्थ्यो ।

खोलामा बग्दै  गरेका मानिसहरुको उद्धारमा, नेपाली सेना सार्दुल संग्राम गुल्म धागिथुम ब्यारेकका गुल्मपति सेनानी अनिल खडका, सशस्त्र प्रहरी बल ३७ नम्वर गुल्मका गुल्मपति  डिएसपी निवनकुमार खड्का उद्धार कार्यको खटन पटनमा ब्यस्त देखिन्थे  । उपसेनानी  प्रज्वल पाण्डेले घटनास्थलको ब्रिफिङ्ग गर्दै थिए । खोलामा बगेका एक जना मानिसलाई उद्धार गर्न जटिल देखिन्थ्यो तर सुरक्ष टोलीले डोरीको माध्याबाट उद्धार गर्यो । पारी घर तर्फका सामग्री, घाईते बालबालिका वारी ल्याउन पनि  सेनाले तयार पारेको विभिन्न  उद्धार सामग्री प्रयोग गरियो । त्यसपछि पारीका एक जना घाईतेलाई स्टेचरमा राखेर वारी तार्नका लागि खोला माथि वारीपारी डोरी टाँगियो । उनलाई तार्दाको दृश्य देखेर विद्यार्थीहरु छक्क परिरहेका  थिए ।

त्यो भन्दा बढी छक्क पार्ने दृश्य थियो पनाहखोलाको पुलैमुनीको भूमरीमा एक  जना मानिस डुबेको देखिन्छ र उनको उद्धारका लागि पुलदेखि खोलासम्म झारिएको डोरीबाट सुरक्षाकर्मी झर्छन् र उद्धार गरेर पारी लैजान्छन ।रोचक र दर्दनाक लाग्ने त्यो दृश्यपछि  वारी रेडक्रसको स्वास्थ्य शिविरमा ल्याईएका ति घाईतेको पेट निकै फुलिएको थियो । निचरेर पानी फालि सकिएपछि ती घाईते भनौदा गलल्ल हाँसेपछि पनि पेट उस्तै दमाहा जत्रै छ ।  तब भने घटना कृतिम र ति पात्र पनि कृतिम रहेको रहश्य बल्ल छर्लङ्ग भयो ।”

यतिन्जेल प्रस्तुत घटना अर्थात कार्यक्रम   थियो नेपाली सेना धागिथुम  ब्यारेक गुल्मीको अभ्यास मनसुन-३ । मनसुन अर्थात वर्षयामको बाढी पहिरो विपदमा गरिने उद्धार कार्यको अभ्यास ।   विषय वस्तु उठानलाई रोमाञ्चक  बनाउन सुरुमा रेसुङ्गा र इस्माका जनप्रतिनिधीहरु  घटनास्थलमा नआएकोमा आलोचना गरिए पनि बिट मार्ने बेलामा आलोचना फिर्ता लिनैपर्छ किनकी उहाँहरु जनताको वास्तविक विपदको घटनामा दिन रात नभनी खट्दै आउनु भएको छ  । तर यस कृतिम विपदको घटनामा नआएर केहि फरक पर्दैन । यता सुरक्षा निकायले आफ्नो जुन कौशल प्रस्तुुत गर्यो त्यसबाट सुरक्षा निकाय उद्धार कार्यमा पनि कौशल छ भन्ने  देखाउँछ  र त्यसका वास्तविक उद्दार कार्यका उदाहरणहरु धेरै छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ