५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । बुटवल उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।

Advertisement

नेपालगञ्ज रोडमा रहेका अधिकांस खसी–बोका, कुखुराको मासु विक्रिगर्ने पसलमा बाख्राको मासु काटेर बेच्ने गरेको पाइएको छ । महिनौ सम्मपनि डि फ्रिजमा मासु कुहाएर राख्ने गरेको समेत अनुगमन टोलीले फेला परेको हो । नेपालगञ्ज रोडमा रहेको अकवाल मासु पसल र नजिकै रहेको अर्को अकवाल मासुलपसल २ मा बाख्राको मासुलाई खसी बोकाको भनेर बिक्रि गर्न राखेको अवस्थामा अनुगमन टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । सोही स्थानमा रहेको जावेद मासु पसलमा गरेको अनुगमानबाट ५७ किलो कुहिएको र बाख्राको मासु नियनत्रणमा लिएर नष्ट गरिएको छ ।

बुटवल–उपमहानगरापलिकाका योजना तथा अनुगमन महाशाखा प्रमुख तुलसा आर्याल, अनुगमन अधिकृत ठगिश्वर पोखरेल, मासुव्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष नाारनयण बहादुर जिसी, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुद्र जिसी सहित बुटवल उपमहानगरपालिका पशुविकास शाखा प्रमुख झविन्द्र प्रसाद बन्जाडे लगायतको टोली अनुमगनमा सहभागी रहेको थियो ।

नगरपालिका योजना तथा अनुगमन महाशाखा अधिकृत ठगीश्वर पोखरेलका अनुसार आईतबार कुल ११ वटा मासु पसलमा अनुगमन गरिएको छ । ति पसलबाट सडेगलेको अवस्थमा कुल ७५ किलो मासु र ४ किलो शसेज नियन्त्रणमा लिएर नगष्ट गरिएको छ । बुटवल देवीनगरमार हेको न्यू पुजा मिट सपले दर्ता विना नै पसल सञ्चालन गरेको पाइएको थियो भने राजमार्ग चौराहमा रहेको रेहेमान मासु पसलमा नगरपालिकामा दर्ता नभएको पाइएको थियो ।

नगरपालिकाको वातावारण तथा अनुगमन महाशाखा प्रमुख तुलसा अर्यालले पहिलो पटक मा मासु पसलमा कैफियत देखिएकोले सुधारका लागि र विना दर्ता लाई दर्ताका लागि अग्रह गरिको जानकारी दिईन । यदी दोस्रो पटक वा पटक पटक नियम उलंघन गरेका कडा भन्दा कडा कारवाहीका लागि नगरपालिका पछि नपर्ने उनको भनाई रहेको छ ।

मासु व्यवसायीहरुले कुखुराको केज नै बाहिर बाटोमा राखेर दुगन्ध फैलाउने काम भएको भन्दै नगरभित्र पशुपंक्षिको मासु विक्रि गर्ने जो कोही पसले कुखुरा, परेवा, हाँस वा अन्य पंक्षिको केज घर भित्र नै व्यवस्थापन गर्न आग्रह गरेको छ । यदी त्यसो नभएको पाइएमा कारवाही गरिने समेत नगरपालिकाले सूचित गरेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ