५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीहरुले आइतबार नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । नगरपालिकाले उत्खनन्का लागि ठेक्का लगाएको ठाउँबाट आफूहरुले पनि उत्खनन् गर्न पाउनु पर्ने माग राख्दै नगरपालिका कार्यालय अगाडि ट्याक्टर जम्मा पारेर बिरोध जनाएका हुन् ।

Advertisement

नगरपालिकाले टेन्डर प्रक्रियाबाट मापदण्ड अनुसार उत्खनन्को जिम्मा ठेकेदार कम्पनीहरुलाई दिएको छ । स्थानीयहरुलाई समेत रोजगारीको अवसर सिर्जना गर्नेगरी काम गर्नुपर्ने भन्दै बिरोध गरिएको व्यवसायी रुकात्मक भारतीले बताए । ‘आवश्यक राजश्व तिरेर हामीलाई पनि उत्खनन्को अधिकार दिनुपर्छ भन्ने हाम्रो माग हो ।’–ग्लोबल आवाजसँग उनले भने, ‘ठेकेदारले वा नगरपालिकाले जसरी भएपनि ट्याक्टर व्यवसायीहरुलाई समेत रोजगारीको अवसर प्रदान गर्नु पर्यो ।’

आईतबार दिउँसोदेखि उत्खनन्को जिम्मा पाएका ठेकेदार कम्पनीहरुले खोलामा पुगेर काम सुरु गरेका थिए । उनीहरुले टिपरको प्रयोग गरी उत्खनन् गर्दै तोकिएको घाटगड्डीमा गिट्टी बालुवा ओसारी रहेको बेलामा ट्याक्टर व्यसायीहरु पनि आफूले समेत उत्खनन् गर्न पाउनु पर्ने माग गर्दै त्यहाँ पुगेका थिए । उनीहरुलाई प्रहरी तथा नगर प्रहरीले खोलामा प्रवेश गर्न नदिएपछि नगरपालिका घेराउ गर्न पुगेका हुन् । ठेक्का एउटा कम्पनीले पाउने तर अन्य व्यवसायीले समेत उत्खनन् गर्न खोज्नु कानुन सम्बत नभएको नगरपालिकाका एक कर्मचारी बताउँछन् ।

ट्याक्टर व्यवसायीहरुले खोलाबाट उत्खनन् गरेको माल सिधै उपभोक्तालाई पुर्याउन पाउनु पर्ने गरी माग राखेका छन् । आन्दोलनको नेतृत्व गरिहेका व्यवसायी भारतीले भने–‘खोलाबाट उत्खनन् गरी एकठाउँमा घाटगड्डी गर्ने तथा पुनः उक्त माल उठाएर उपभोक्तासम्म पुर्याउँदा लागत बढी लाग्नेहुँदा सिधै लैजान पाउनु पर्ने माग राखिएको हो ।’ नगरपालिकाले उत्खनन्का लागि ठेक्का लगाएको परिमाणभित्रै रहेर आफूहरुलाई उत्खनन्को व्यवस्था गर्नुपर्ने माग आफूहरुको रहेको उनले बताए ।

ट्याक्टर व्यवसायीहरुले भनेअनुसार उत्खनन् गर्नु कानून सम्बत भने देखिँदैन । ‘नदीजन्य पदार्थ उत्खनन् गरी तोकिएको ठाउँमा घाटगड्डी गर्नुपर्ने र घाटगड्डीमा थुपारिएको मालको परिमाण नापजाँच गरेर मात्रै राजश्व निर्धारण गरिन्छ ।’–नगरपालिकाका ईन्जिनीय रवि पाण्डेले भने । ट्याक्टर व्यवसायीहरुको माग अनुसार उत्खनन् गरेर सिधै उपभोक्तासम्म पुर्याउँदा उत्खनन् गरिएको माल नापजाँच गर्न गाह्रो पर्ने उनी बताउँछन् ।

नगरपालिकाले देवदहका ३ वटा खोलामा उत्खनन्का लागि टेन्डर आह्वान गरेको थियो । नगरपालिकाका प्रवक्ता गणेश डुम्रेका अनुसार घोडाहा दाउन्ने खोलामा २ खण्डगरी टेन्डर गरिएको छ । जस अनुसार खण्ड ‘क’ मा ३ लाख ६७ हजार ६२६ दशमलव ०२ घनफिट उत्खनन् गर्ने ठेक्का देविस्थान सप्लायर्सले प्राप्त गरेको छ । यसैगरी खण्ड ‘ख’मा ३ लाख ६१ हजार ९७५ दशमलव ६६ घन फिट उत्खनन् गने गरी कृष्टि कन्स्ट्रक्सनले ठेक्का पाएको छ । घोडाहा भलुही खोलामा ३ लाख ८९ हजार ४१५ दशमलव १९ घनफिट उत्खनन् गर्नेगरी सम्पर्क निर्माण सेवाले ठेक्का प्राप्त गरेको छ ।

यसैगरी सरन खोलामा ३ लाख ३९ हजार २१ दशमलव १२ घनफिट उत्खनन् गर्नेगरी टेन्डर भएको भएपनि अदालतमा मुद्दा परेका कारण ठेकेदार कम्पनीसँग सम्झौता भएको छैन । ठेक्का पाएका कम्पनीहरुले यही जेष्ठ मसान्तभित्र उत्खनन् गरिसक्नु पर्ने छ । उत्खनन् गरिएको माल एक ठाउँमा घाटगड्डी गरेपछि सो ठाउँबाट नापजाँच एकिन गरी उनीहरुले उपभोक्तालाई बेच्न पाउने व्यवस्था रहेको छ ।

आइतबार ट्याक्टर व्यवसायीहरुले नगरपालिका घेराउ गरेपछि उत्खनन् को जिम्मा पाएका ठेकोर कम्पनी, जनप्रतिनिधि र आन्दोलनरत व्यवसायी बीच सोभबार निष्कर्श निकाल्नेगरी छलफल गर्ने सहमती भएको प्रवक्ता डुम्रेले बताए । ‘कानूनी सम्बत नभएपछि मिलाउने प्रयास गर्छौ भन्ने नगरपालिकाको आश्वासन पाएपछि आजलाई बिरोधका कार्यक्रम स्थगित गरेका छौं ।’–आन्दोलनको नेतृत्व गरिरहेका व्यवसायी भारतीले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ