५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

बुटवल । होटल ब्यवसायलाई धरासायी हुनबाट जोगाउन होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले घरधनीहरुलाई भाडादर छुट गर्न आग्रह गरेको छ । पर्यटन सेवा उद्योगका रुपमा रहेको होटल ब्यवसाय कोभिड १९ संक्रमणसंगै पछिल्लोसमय आर्थिक मन्दीका कारण समस्यामा परेको भन्दै धरासायी बनेका व्यवसायीहरुर्र्ला बचाउनका लागि घरभाडा छुट गर्न आग्रह गरिएको अध्यक्ष लेखनाथ भण्डारीले बताए ।

Advertisement

संघले घरभाडा छुट गर्ने व्यवसायीहरुलाई सम्मान गर्दै आएको उल्लेख गर्दै उनले अन्य घरधनीहरुलाई समेत प्रत्येक्ष भेटेर, टेलिफोन तथा सार्वजनिक माध्यमबाट छुटका लागि आह्वान गरिएको उल्लेख गरे । पछिल्लो समय करिब २ दर्जन घरधनीहरुले २० देखि ४० प्रतिशतसम्म घरभाडा छुट गरेको उनले बताए । जटिल अवस्थालाई मध्यनजर गरी घर बहाल छुट गर्ने, बैंकको ब्याजदर कम गर्ने र मुख्यतः घरभाडा कानुन निर्माणमा जोड दिनुपर्ने उनले बताए ।

रुपन्देहीमा रहेका मध्ये ९० प्रतिशत होटेल भाडामा रहेका उनले बताए । हाल संघमा १ हजार २ सय ३ जना ब्यवसायीहरु आवद्ध छन। जहा ५ हजार जनाले रोजगार पाएका छन् । बुटवलबाट स्थायी राजधानी सर्नु, अन्तरास्ट्रिय सम्मेलन केन्द्र, अन्तर्रास्ट्रिय विमानस्थल संचालन नहुनुजस्ता कारणले ब्यापार ब्यवसायमा गिरावट आएको उनले बताए । अहिलेसम्म ५ प्रतिशत ब्यवसायीहरु बिस्थापित भएको उनले उल्लेख गरे ।

संघका वरिष्ठ उपाध्यक्ष माधव खनालले रुपन्देहीमा १ हजार २ सय ४७ वटा पर्यटक होटल रहेको बताए । यसमध्ये १८ हजार ७ सय ५ रुमहरुमा २८ हजार ५७ बेडको व्यवस्था रहेको उल्लेख गरे । टाईगर रिसोर्ट, पवन प्यालेस र सिद्धार्थ भिल्ला गरी ३ वटा पाचतारे बुद्धमाया गार्डेन, होटल कसाई र ड्रिमल्याड गेल्ड रिसोर्ट गरी ३ वटा ३ तारे तथा १ दर्जन बढी तारे स्तरका होटलहरु संघमा आवद्ध रहेका छन् । रुपन्देहीमा पर्यटन क्षेत्रमा ३० खर्ब बढी लगानी रहेको उनले दाबी गरे । कार्यक्रममा घरबहाल ब्यवस्थापन समितिका संयोजक किरण प्रसाद भट्टराईले ब्यवसायीलाई दैवी प्रकोप लगायतका कठिनाईमा संस्थाबाट सहयोग गर्दै आएको बताए । पछिल्लोसमय आगजनीबाट क्षति भएका ३ वटा होटल ब्यवसायीलाई सहयोग गरिएको उनले बताए ।

ठुला होटलहरु बाहिरी पर्यटन लक्षित थिए भने राजधानी लक्षित गरे बनाईएका होटलहरु जहाँ सेमिनार, गोष्ठी शून्य हुदा पर्यटन ब्यवसाय ठप्प छ । संचालन खर्च समेत चलाउन नसक्ने अवस्था छ । वार्षिक २/३ अर्ब क्षति ब्यहोर्नुपर्ने अवस्था आएको व्यवसायीको गुनासो छ । बसन्तपुर र नुवाकोटमा चल्ने दुईवटा केवलकारले व्यवसाय चलायमान हुने अपेक्षा रहेको वरिष्ठ उपाध्यक्ष खनालले बताए । नाटासंग सहकार्यमा टुर प्याकेज चलाउन प्रदेश मन्त्रालयबाट पर्यटन बस ब्यवस्थापन गरी टुर ब्यवस्थापन गर्ने तयारी रहेको खनालले बताए ।

संघका महासचिव अर्जुन थापाले होटल ब्यवसायको भाडा न्युनिकरणबाट व्यवसाय टिकाउने पहिलो चरणको अभियान भएको बताए । योसंगै ब्यवसाय प्रवद्घर्नका कार्यक्रमहरु चलाउने तयारीमा रहेको उनले बताए । रात्रीकालिन सेवा ब्यवस्थापन महत्वपूर्ण रहेको उनले बताए ।

घरधनी रबिलाल पोखरेलले घरभाडा बाहेक व्यवसाय दीगो बनाउन स्थायी समाधानको पहल जरुरी रहेको बताए । धेरै ब्यवसायीहरु पेशा छोड्ने मनसायमा देखिएको उनले दाबी गरे । खानाको गुणस्तर , बसाई लम्ब्याउने जस्ता अभियान चलाउन जरुरी रहेको उनले बताए । भौतिक पुर्वाधार अधुरो, उपभोक्ताको क्रयशक्तिमा ह्रास आउनु जस्ता कारण पनि यसका प्रत्यक्ष प्रभाव परेको उनले बताए । बुटवल उपमहानगरपालिका वडा नं ९ का वडा सदस्य भरत पुरीले ब्यवसायीहरुबाट दबाब दिने र सरकारबाट नितिगत रुपमा आवश्यक पहल जरुरी रहने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ