५ आश्विन २०८०, शुक्रबार

Sep 22, 2023

गुल्मीमा बाबुले छोराको नाक हसियाले काटी दिएका छ्न् । जिल्लाको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएका हुन ।

Advertisement

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती करिव १ बजेको समयमा घरयासी बिवादका क्रममा बाबुले हसिया प्रहारगर्दा छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ । जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट प्रहरी स्थलमा पुगि बाबू दिलबहादुरलाई हसिया सहित नियन्त्रणमा दिएको छ । घाइते छोरालाइ गुल्मी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

जिल्ला अस्पतालले थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाएको छ । नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए

स्मरण रहोस केही वर्षअघि त्यसटोलका छिमेकी कुखरिकाच्याना भन्ने टोलमा मदिरा सेवन गर्दै झै झगडा हुँदा भाइले दाजुलाइ गापोले हानेर हत्या गरेका थिए । मदिरा सेवनबाट जिल्लामा सबैभन्दा बढी अपराधिक घटना हुने थलोका रुपमा इस्मा चिनिदै आएकोछ। घरेलु हिंसा लगायतका कारण सम्बन्ध बिच्छेदका उजुरी बढेको इस्मा गाउँपालिका उपाध्यक्ष अधिबक्ता पार्वती कुवरले बताउँदै आएकी छ्न ।

प्रतिकृया दिनुहोस्

Flash News

राहत शिक्षकहरुले पुनः आन्दोलनको घोषणा लुम्बिनी प्रदेश याेजना आयाेगमा थपिए दुई सदस्य पल्लीकोट स्वास्थ्य चौकीमा गुल्मी जिल्लाका स्वास्थ्यकर्मीहरुको जमघट २१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई सरकार र शिक्षकबीच सहमति, आन्दाेलन फिर्ता बैतडीमा १९ वर्षीया एक किशोरी मृत फेला रासायिक मल विस्थापित गर्न अर्गानिक मल उत्पादनमा ध्यान बाँकेको जयेन्दु बाल सुधार गृहमा झडपपछि नौ थुनुवा फरार मलेसिया पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने एक जना प्रकाउ नक्कली नोटसहित सुनसरीबाट दुई जना पक्राउ दिगो विकास लक्ष्यका बारेमा छलफल गर्न सरकारले सर्वपक्षीय बैठक बोलाउनुपर्छ : अध्यक्ष तिमिल्सिना अमेरिकी राष्ट्रपति बाइडेन र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता रुपन्देहीमा माछापुच्छ्रे बैंकको ठगी प्रकरण: बैकिङ्ग कसुरमा एजेण्ट निरन्जन पाठक पक्राउ सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता जारी विद्यालय शिक्षा विधेयकमा धैरै त्रुटी, ७० भन्दा बढी संशोधन हाल्नुपर्ने छन् : गगन थापा कैलाली र कास्कीबाट लागुऔषधसहित दुईजना पक्राउ दाङमा सवारी धनि माथि खुकुरी प्रहार जी २० सम्मेलनको समीक्षा नक्कली नोटसहित एकजना पक्राउ भरुवा बन्दुकसहित एकजना पक्राउ