बुटवल । हिजो शुब्रबार बिहान ६ बजेदेखि सम्पर्क बिहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल भारतको गोरखपुरमा भेटिएकाछन् । शुक्रबार विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा थिएनन् । त्यसपछि परिवार र नेपाल प्रहरीले उनको खोजी गरिरहेको थियो ।
ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले हिजो १२ बजे सुनौली नाकामा नेपाल पुगेको र त्यहि आधारमा खोज्दै जादा गोरखपुरमा भेटिएको बताए । उनको परिबारसँग सम्पर्क भएको बताईएको छ । सम्पर्कमा आएका नेपालले परिवार सामू आफु काम विशेषले गोरखपुर पुगेको बताएका छन् । मोबाईल साथमानहुँदा सम्पर्क बिहिन भएको जस्तो भए पनि आफुलाई केहि समस्या नभएको परिवारलाई बताएका छन् ।
प्रतिक्रिया