ताजा अपडेट »

हावाहुरीले घर ढल्दा च्यापिएकी महिलाको उपचारको क्रममा निधन

शुक्रबार, १२ जेठ २०८०, ०८ : ५९
24 Shares

सर्लाही । हावाहुरीमा परेर घाइते भएकी एकजना महिलाको मृत्यु भएको छ । बिहीबार आएको हावाहुरीले घर ढाल्दा च्यापिएर घाइते भएकी महिलाको उपचारकोको क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार ब्रह्म्पुरी गाउँपालिका-२  का ६५ वर्षीया सवितादेवी साहको हावाहुरीले ढालेको घरमा चेप्पिन पुग्दा ज्यान गएको हो । बिहीबार साँझ आएको ठुलो हावाहुरीले उनी बस्दै आएको कच्ची घर ढाले पछि उनको सोही घरमा चेप्पिन पुगेकी थिइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।