२० जेष्ठ २०८०, शनिबार

Jun 3, 2023

बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पसमा कानूनतर्फ तेस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राख्दै क्याम्पसमा लगाएको ताला खुलाउने प्रयास असफल भएको छ । विभिन्न २३ बुँदे माग राख्दै बुटवल–१२ नयाँ गाउँमा रहेको सिटी क्याम्पसका विद्यार्थी बुटवल–६ जेसिस चोकमा आएर क्याम्पसले आफ्ना माग पूरा गर्नुपर्ने भन्दै सडक आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement

क्याम्पस प्रशासनले समस्या समाधानका लागि वार्ता गर्न तयार रहेको भन्दै आन्दोलनरत विद्यार्थीलाई क्याम्पसमा बोलाएको भएपनि उनीहरु त्यहाँ जान तयार भएनन् । विश्व विद्यालयका रजिष्टार डा. तिलक आचार्य आफूहरुले आन्दोलन गरिरहेको ठाउँ (सडक)मै आएर वार्ता गर्नुपर्ने आन्दोलनरत विद्यार्थीले अडान राखेका छन् । रजिष्टार आचार्यले विद्यार्थीको माग सम्बोधन गर्न क्याम्पस प्रशासन तयार रहेको बताए । वार्ताका लागि आन्दोलनरत विद्यार्थीका प्रतिनिधिहरुसँग क्याम्प कार्यालयमै वार्ता बस्नुपर्ने आफूहरुको मान्यता रहेको उनी बताउँछन् ।

‘सडकमा वार्ता गर्ने भन्ने विषय व्यवहारिक विषय पनि होइन । विद्यार्थीको आन्दोलन र मागका विषयमा हामी गम्भीर नै छौं ।’-ग्लोबल आवाजसँगको कुराकानीमा उनले भने, ‘विद्यार्थीको कतिपय माग पूरा हुने चरणमा छन्, कतिपय माग कानूनी र नीतिगत विषय भएकाले त्यसलाई एकै पटक कार्यान्वयन गर्ने भन्ने हुँदैन, प्रक्रियागत रुपमा हामी कार्यान्वयनका लागि अघि बढीसकेका छौं ।’

आ-आफ्नै अडानले समाधानको बाटो मुस्किल
आन्दोलनरत विद्यार्थी र क्याम्पस प्रशासनको आ-आफ्नै अडानका कारण समस्याको समाधान हुन सकेको छैन । सडकमै वार्ताको माग गर्ने विद्यार्थी र क्याम्पस कार्यालयमा बसेर छलफल तथा वार्ता गर्नुपर्ने अडानमा रहेको प्रशासन बीचको टकराबले आन्दोलन लम्बिँदा क्याम्पसको शैक्षिक गतिविधि नै अस्तव्यस्तहुने अन्य सेमेस्टरका विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् ।

सडक आन्दोलनमा रहेका विद्यार्थीले क्याम्पस प्रशासनले वार्ताका लागि कार्यालयमा बोलाएको भएपनि सडकमै वार्ता गर्नुपर्ने माग राख्दै अस्वीकार गरिएको आन्दोलनमा सहभागी विद्यार्थी सविता पोखरेलले बताइन् । ग्लोबल आवाजसँगको कुराकानीमा पोखरेलले भनिन्, ‘हामी आफ्नो माग राखेर बुटवलको जेसिस चोकमा आन्दोलन गरिहेका थियौं, क्याम्पसका रजिष्टार आएर सिटी क्याम्पस रहेको नयाँ गाउँमा छलफलका लागि बलाउनु भएको थियो । तर, हामीले जान अस्विकार गर्यो ।’ रजिष्टार तिलक आचार्य सडकमै आएर वार्ता गर्नुपर्ने आफूहरुले माग राखेको दाबी गर्दै उनले आन्दोलन जारी रहने उल्लेख गरिन् । विहिबारको विरोध कार्यक्रममा छलफलका लागि क्याम्पस प्रमुख फणिन्द्र कुमार न्यौपाने समेत जेसिस चोकमै पुगेर उपस्थित भएपनि आफूहरुले उनलाई समेत विश्वास नलागेर बेवास्ता गरेको आन्दोलनरत ती विद्यार्थीले बताइन् ।

‘हामीले विहान ८ बजेदेखि विरोध प्रदर्शन गरेका थियौं । पछिमात्रै हामीलाई फोन गरेर छलफलका लागि क्यापसमा बोइयो हामी त्यहाँ जान अस्विकार गर्यौ ।’-आन्दोलनरत विद्यार्थी पोखरेलले भनिन् । विश्वविद्यालयले बुधबार पनि एक विज्ञप्ती जारी गर्दै विद्यार्थीले उठाएका मागहरुमध्ये अधिकांश कार्यान्वयनको चरणमा रहेको जनाउँदै नीतिगत मागहरु समाधन गर्ने प्रतिवद्धता जनाएको छ ।

विद्यार्थीको माग सम्बोधन गर्छौ : क्याम्पस प्रशासन

विद्यार्थीहरुले क्याम्पस प्रमुख फणीन्द्र कुमार न्यौपाने, सहायक क्याम्पस प्रमुख मोहनलाल भण्डारीलाई २३ बुँदे माग पत्र बुझाउँदै क्याम्पसमा तालाबन्दी गरेका थिए । विद्यार्थीका मागहरु मध्ये केही विश्वविद्यालय केन्द्रीय कार्यालय, केही क्याम्पस प्रशासन तथा केही सम्बन्धित विषय शिक्षकहरु तहबाट समाधान हुने कुरासँग सम्बन्धीत रहेकाले क्रमशः पूरा गर्दै लगिने निमित्त क्याम्पस प्रमुख मोहनलाल भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

‘मागहरु मध्ये कतिपय तत्काल समाधान गर्न सक्ने खालका छन् । कतिपय कार्यान्वयनको चरणमा छन् भने कतिपय कानूनी प्रक्रियाका कारण समय लाग्ने खालका छन् । समग्रमा विश्वविद्यालय विद्यार्थीले उठाएका हरेक जायज शैक्षिक मागहरु पूरा गर्दै जाने पक्षमा छ, विज्ञप्तीमा भनिएको छ ।

विद्यार्थीका मागका सम्बन्धमा मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयलाई बुटवलमा सार्ने प्रक्रिया अघि बढिसकेको विश्वविद्यालयले जनाएको छ । कानून विषयका शिक्षक पदपूर्तिका लागि छनौट चरण चलिरहेको विश्वविद्यालयले जनाएको छ । क्याम्पसमा सञ्चालनरत कार्यक्रमहरुका लागि सम्बन्धित विषय विज्ञहरुमध्येबाट संयोजक नियुक्ति प्रक्रियालाई यथाशक्य चाँडो अघि बढाइने प्रतिवद्धता विज्ञप्तीमा रहेको छ ।

विद्यार्थीहरुले उठाएका मागहरु सिसिटिभी जडान, इन्टरनेट क्षमता अभिवृद्धि, पुस्तकालय व्यवस्थापन, नियमित कक्षा, प्रयोगात्मक अभ्यास लगायतका विषयहरु निरन्तर सम्बोधन गरिने विज्ञप्तीमा उल्लेख छ । चमेना गृह सञ्चालनका लागि प्रस्ताव आह्वान गरी सञ्चालनकर्ता समेत छनौट गरिसकिएको जनाइएको छ । विद्यार्थीको हाजिरी विद्युतीय मेसिनबाट गर्ने, शैक्षिक क्यालेण्डर कार्यान्वयन, विद्यार्थी क्लव गठन, महिला विद्यार्थीलाई स्यानेटरी प्याड व्यवस्थापन तथा आराम कक्ष समेत क्याम्पसले व्यवस्थापन गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।

कानून विषयका लागि अभ्यास अदालत निर्माणको प्रक्रिया थालनी गरिएको जनाइएको छ । क्याम्पसको शैक्षिक वातावरणलाई उत्कृष्ठ बनाउदै सिकाई अभिवृद्धिका लागि विज्ञ व्यक्तिमार्फत हुने पठनपाठनलाई नियमितता प्रदान गरिने क्याम्पस प्रशासनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

बिश्वका केन्द्रिय बैंक बिच सुन किन्ने प्रतिस्पर्धा सुरु, १७६ प्रतिशतले बढ्यो खरिद सार्वजनिक जग्गाका घरटहरा हटाएर १५ सैयाको अस्पताल बनाउन सुरु उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा-मुम्बई रेल उदघाटन स्थगित यस्तो ६ वटा जीवनशैली, जसले घटाउँछ यौन क्षमता कुन बार कुन रंगको पहिरन लगाउँदा शुभ हुन्छ ? बास्तुबारे जान्नुहोस् !! प्रधानमन्त्री प्रचण्ड आज दिउँसो ४ बजे स्वदेश फर्कने आजको मौसमः अत्याधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुराेध रेशमको कथा पश्चिम नवलपरासीमा पिकअपको ठक्करबाट एक जनाको मृत्यु, दुई गम्भिर घाईते पाल्पाको दाेभान माध्यमिक विद्यालयमा एक दिवसीय अभिभावक शिक्षा गुल्मीमा सरकारी छात्रवृत्तिमा पढेका चिकित्सकले नै लिन्छन् दोहेरो, त्यहोरो सुविधा एमालेका ६ सचिवले पाए प्रदेश इन्चार्जको जिम्मेवारी, लुम्बिनीमा पद्मा अर्याल तिलाेत्तमाकाे आनन्दवन शंकरनगर खानेपानीले दिएको कम्पाेष्ट बिनकाे प्रयाेग प्रभावकारी भएन बुटवलमा अवैध मलको कारोबार : अनुगमन टोली पुग्दा ‘मुख्य सप्लायर्स’ सुव एग्रोभेटका सञ्चालक टाप भानु माविमा अन्तरक्रिया सम्पन्न नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वाेच्चमा रिट दर्ता, आइतबार पेसी डोटीमा शंकास्पद वस्तु फेला बच्चा जन्माउन नसक्दा महिलाकाे मृत्यु गुल्मीको मुसिकोटमा विपन्न परिवारका छोराछोरी यसरी बन्दै छन् इन्जिनीयर कार्यकर्ता पढाउन थाले माओवादी नेता