ताजा अपडेट »

गुल्मीमा शिक्षक नियुक्ति गर्न जनप्रतिनिधिको चलखेल, घुस रकम लेनदेनको आरोप

मंगलबार, ०२ जेठ २०८०, १२ : २७
2 Shares

गुल्मी । जिल्लाको इस्मा गाउँपालिकामा शिक्षक नियुक्तिमा जनप्रतिनधिलेनै आर्थिक चलखेल गरेर अनियमितता गरेको आरोप लागेको छ । आफू निकटका व्यक्तिलाई नियुक्ति गर्न पटक–पटक परीक्षा स्थथगित गर्दै आएको भन्दै आवेदनकर्ताहरुले आर्थिक चलखेलको आशंका व्यक्त गरेका हुन् ।

नेपाली काङ्ग्रेसले नेतृत्व गरिरहेको इस्मा गाउँपालिकामा जनप्रतिनिधिहरुले कर्मचारी नियुक्ति लगायतका विषयमा ब्रम्हालुट गरिरहेको आरोप लगाएका विपक्षी राजनैतिक दलको दाबीलाई थप बल पुग्नेगरी गतिविधि देखिएको उनीहरुले बताएका छन् । पछिल्लो पटक आइतबार तय गरिएको शिक्षक छनोटको परीक्षा विना कारण स्थगित गरिएपछि उक्त आंशकालाई थप बल पुगेको हो ।

पालिकामा करार शिक्षक पदपूर्तिमा आइतबार तय गरिएको परीक्षा माथिको आदेश भन्दै एक्कासी स्थगित भएपछि परीक्षामा सहभागी हुन गएका दर्जनौ परीक्षार्थी त्यसै फर्किनु परेको छ । पालिकाका एक कर्मचारीका अनुसार बैशाख ३० गते शनिबार परीक्षा लिने तयारी थियो । त्यस दिन रेसुङ्गामा चलेको महायज्ञमा जनप्रतिनिधिहरु जानुपर्ने भनेर रद्द गरिएको थियो । पालिका अध्यक्ष भगतसिसिन्ह खड्का र उपाध्यक्ष पार्वती कुवरल दोश्रो दिन ३१ गते परीक्षा लिन मिति तय गरेका थिए ।

सोही अनुसार छिमेकी जिल्लादेखि रुपन्देहीसम्मका करिव ३५ जना आबेदनकर्ता र सरोकारवाला निद्यालयका अध्यक्ष र प्रधानध्याक सहित ४०/५० जनालाई त्यस पालिकामा बोलाइयो । तर त्यहाँ पुग्दा कर्मचारीहरुले ‘आज परीक्षा रोक्नु भनेर माथिबाट निर्देशन आएको छ’ भनेपछि सबैजना जिल्ल परे ।

ओमप्रकाश मावि अमरपुरका अध्यक्ष नारायण पराजुलीले गुनासो गर्दै भने ‘खै के नियत हो रु आइतबारलाई परीक्षा लिने भनेर बोलाइयो तर बिना कारण माथिबाट आज रोक्नु भन्ने निर्देशन आयो भन्दै हामीलाई फर्काइयो ।’ विषय विद छनौट आफू अनुकुल नहुने र आफूले नियुक्ति गर्न चाहेका मान्छे गर्न नसकिने देखेर यसरी परीक्षा रोकेको हुन सक्ने पराजुलीले आशंका व्यक्त गरे । ‘स्थानीय सरकारबाट भएको यस्तो चलखेल दुर्भाग्यपूर्ण भएको ठहर छ ।’–आनन्दपुर मावि इस्मा दोबाटाका प्रधानध्यापक शंकर गैरेको भनाई छ । उनले भने ‘यो गलत भयो, नियत के हो बुझ्न सकिएन । बिनाकारण्स यसो गर्नु बिडम्बना नै हो ।’

यसैगरी सरस्वती निमावि चौरासी, देविस्थान निमावि हुला, चन्द्र निमावि कोटकटरीसहित ५ विद्यालयका लागि ६ जना शिक्षकको पदपूर्तिका सम्बन्धमा पालिकाका शिक्षा शाखाका निमित्त प्रमुख किशान थापासँग बुझ्दा उनले शनिबार परीक्षा गर्ने भनीएकोमा त्यस दिन जनप्रतिधिहरु रेसुङ्गामा महायज्ञमा जाने भनेर अध्यक्ष, उपाध्यक्षले नै अर्को दिन आइतबारको मिति तय गरेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत कृष्ण पन्थी भन्छ्न

ओमप्रकाश मावि अमरपुरका अध्यक्ष नारायण पराजुलीले गुनासो गर्दै भने ‘खै के नियत हो रु आइतबारलाई परीक्षा लिने भनेर बोलाइयो तर बिना कारण माथिबाट आज रोक्नु भन्ने निर्देशन आयो भन्दै हामीलाई फर्काइयो ।’ विषय विद छनौट आफू अनुकुल नहुने र आफूले नियुक्ति गर्न चाहेका मान्छे गर्न नसकिने देखेर यसरी परीक्षा रोकेको हुन सक्ने पराजुलीले आशंका व्यक्त गरे । ‘स्थानीय सरकारबाट भएको यस्तो चलखेल दुर्भाग्यपूर्ण भएको ठहर छ ।’–आनन्दपुर मावि इस्मा दोबाटाका प्रधानध्यापक शंकर गैरेको भनाई छ । उनले भने ‘यो गलत भयो, नियत के हो बुझ्न सकिएन । बिनाकारण्स यसो गर्नु बिडम्बना नै हो ।’आइतबार परीक्षा रोकिनुको कारक हामी कर्माचारी मात्र होइनौं, रोक्नु भनेपछि रोकेका हौ।’

घटना बारे उपप्रमुख पार्वती कुवरसँग बुझन खोज्दा गाडिको यात्रामा छु बोल्न मिल्दैन । भनिन । शिक्षा समितिका अध्यक्ष समेत रहेका पालिका अध्यक्ष भगतसिंह खड्कासँग बुझ्दा उनले परीक्षा रोक्नुको कारक कर्मचारीको थाप्लोमा हाल्ने खालको प्रतिकृया दिए । उनले भने ुम प्रदेशको कार्यक्रममा चार दिन बसेर बल्ल आज अफिस आएको छु । कर्मचारी नियुक्ती गर्ने, प्रकृया पूराउने जिम्मेवारी पालिका प्रशासनको हो, हाम्रो होइन । किन यसरी परीक्षा रोकियो म बुझ्दैछु ।

यसरी एकले अर्काको थाप्लोमा दोष थोपर्नुलाई बिपक्षी राजनैतिक दलले मिलिभगतमा आफूहरुले शिक्षक नियुक्तिका लागि तयार गरेका मान्छेबाट भनेजति घुस खान नपाएको र आफू अनुकुलका मानिस नियुक्ती गर्न नसकिने वातावरण देखेपछि एक्कासी परीक्षा रद्द गरिएको आरोप लगाएका छ्न । कर्मचारी नियुक्ती लगायतका विषयमा इस्मामा घुस कमिसनको ब्रम्हालुट हुँदै आएको र पछिल्लो चरण शिक्षक नियुक्तिमा पनि क्रमभङ्ग गर्न नखोजी निरन्तरता दिइएको नेकपा एमाले इस्मा गाउँ कमिटिका अध्यक्ष राजेन्द्रबिक्रम कुवरले आरोप लगाए । उनले त्यहाँ कर्मचारीहरु फस्ने डरले आएको केही समय टिक्न नसकेको र कानुन बिपरित आर्थिक चलखेल गर्न दबाव दिने भएकोले कर्मचारी निकै अप्ठ्यारोमा परेको दुखेसो सुनाउने गरेको बताउछ्न ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।