ताजा अपडेट »

मस्कले छाडे ट्विटरको सिइयो पद, अब महिलालाई सिइयो बनाइने

शुक्रबार, २९ बैशाख २०८०, ०९ : ०२
41 Shares
शुक्रबार, २९ बैशाख २०८०
41 Shares

काठमाडौं । सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् ।

एलन मस्‍कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहिवार एक ट्विटमा भनेका छन् कि ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’ उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् । 

उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छै्रनन । यद्धपी, टविटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन ।  सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो टविटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाईएको छ । 

गत डिसेम्बरमा उनले टविटरको सिइयो छाड्ने घोषणा गरेका थिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।